2026-08-26 08:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा पेट्रोलियम पदार्थको मृल्यबृद्धिको बिरोध

चिसाङ शेर्पा/पुस १९, खोटाङ । संघिय समाजवादी विधार्थी फोरम जिल्ला समिति खोटाङले पेट्रोलियम पदार्थको मुल्यबृद्धिको घोर भत्र्सना गरेको छ । 

मुल्यबृद्धिले सर्बसाधरण जनता, मजदुर, किसान, विधार्थीहरुको दैनिक जनजिवनमा ठूलो असर पर्ने भन्दै बिरोध गरेको हो ।

शैक्षिक क्षेत्रमा देखिएको बिकृती, विसङगती र आम सर्वसाधरणको पक्षमा चरणबद्ध आन्दोलन गर्दै आएको समितिले मुल्यबृद्धि तत्काल फिर्ता लिन नेपाल आयल निगम, आपूर्ति मन्त्रालय र नेपाल सरकारलाई प्रेस बिज्ञप्तीमार्फत जोडदार माग गरेको छ । 

मागको सुनुवाई नभएमा कडा आन्दोलनमा उत्रिने संघिय समाजवादी विधार्थी फोरम नेपाल खोटाङका जिल्ला उपाध्यक्ष रविन्द्र राई र जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य रविन खम्बुद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ । 

नेपाल आयल निगमले मंगलबारदेखी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक/एक रुपैयाँ मूल्यवृद्धि गरेको थियो । खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ बढाएको थियो ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर १०२, डिजेल र मट्टितेल प्रति लिटर ७९, खाना पकाउने ग्यास प्रति सिलिण्डर रु एक हजार ३ सय ७५ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर ९० कायम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’