2026-09-03 11:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

भारतको महँगो तरकारी र बोइलर मासुको अत्याधिक खपत

टेक शाही/पुस १९, डोल्पा  । नेपालको उत्तरी तथा हिमाली क्षेत्रमा पर्ने डोल्पा जिल्लामा भारतको महगो तरकारी र बोइलर मासुको अत्याधिक मात्रामा खपत हुने गरेको छ । दैनिक ३ सय केजी बोइलरको मासु खपत हुने गरेको पाइएको छ । 

डोल्पाको सदरमुकाम दुनैमा मात्र जिल्ला पशु सेवा कार्यालयबाट अनुमति पाएका ७ वटा फ्रेस हाउस रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमूख बरिष्ठ पशु चिकित्सक चन्द्रदलाल धरालाले जानकारि दिए । उनका अनुसार केहिले अझै अनुमति नलिएको र अब तत्काल अनुमती नलिनेलाइ कारवाही गरिने पनि बताए । 

दुनै बजारमा दर्ता भएका र नभएका गरि ९ वटा बोइलरको मासु बिक्री गर्ने फ्रेस हाउस रहेका छन । नेपालगञ्जामा २ सय ९० रुपैया केजी पर्ने बोइलरको मासु डोल्पा सम्म पुग्दा प्रति केजी ५ सय रुपैया पर्ने मासु बितरक भरत खड्गाले जानकारि दिए । उनका अनुसार जहाज भाडा प्रति केजी १ सय १० जुफालबाट दुनै सम्म गाडिको भाडा १६ रुपैया प्रति केजी रिक्सा भाडा र मासु प्याक गरेको कार्टून ४ सय रुपैया गरि ४ सय २० मा बोइलरको मासु नेपालगञ्जबाट डोल्पा आइपुग्ने बताए । 

डोल्पाको दुनैमा मात्र होइन जुफाल,त्रिपूराकोट र लिकु जस्ता ग्रामिण बजारमा पनि बोइलरको मासु र भारतिय तरकारी बिक्री हुने गर्दछ । एकै दिनमा १० केजी देखी ५० केजी सम्म बोइलरको मासु बिक्री हुने गरेको रोयल फ्रेस हाउसका संचालक नन्दरामा ऐरिले बताए । 

नेपालगञ्जबाट उपभोक्ताले खान मिल्ने मासु आउछकी आउदैन भन्ने कुराको भने कसैलाइ पनि जानकारि छैन । जिल्ला पशु सेवा कार्यालय डोल्पामा बुझदा नेपालगञ्जमा क्वारेण्टाइन हुने र प्रहरि र पशु सेवा कार्यालयल हेर्ने बताउछन । तर यता नागरिकहरु हप्तौ दिनको मासु बिना चेकजांच डोल्पा,हुम्ला,मुगु जस्ता हिमाली जिल्लामा पठाउने गरेको बताउछन । 

हिमाली जिल्ला भएको कारण मासु जन्य बस्तुको उत्पादन कम हुने र मासुको माग बढ्दो भएको कारण पनि बोइलर उपभोक्ताको रोजाइमा पर्ने गरेको होटेल ब्यावसायिहरु बताउछन । बजरमा मात्र नभएर गाँउगाँउमा बोइलर मासु पुग्नुको कारण जिल्लामा मासुजन्य बस्तुतको उत्पादनको कमिले भएको बिज्ञहरु बताउछन । 

महगो भारतीय तरकारी

भारतमा उत्पादन भएको तरकारी डोल्पामा पुग्ने गरेको छ । महगो भारतिय तरकारीले डोल्पाका गाँउगाउ सम्म बजार पाएको छ । भारतको हिमाञ्चल प्रदेशमा उत्पादन भएको तरकारी र फलफूलले डोल्पाका साना ठुला बजारहरुमा राम्रै बजार पाएको ब्यापारिहरु बताउछन । सदरमुकाम दुनै लगायत जिल्लाका अरु साना बजारहरुमा हिउदको सख्खा सिजनमा पनि हरिया तरकारी र पहेला फलफुलहरु प्रसस्त रुपमा पाइन्छन । 

यति बेला डोल्पा जिल्लामा प्याज,लसुन,अदुवा,गोलभेडा,खुर्सानी,भिण्डी,तितेकरेला प्रति केजी ३ सय रुपैयामा बिक्री हुने गर्दछ । त्यसै गरि क्याप्सीकम २ सय ८०,सिमी २ सय ६० रुपैयामा बिक्री हुने गरेको तरकारी तथा फलफूल बिक्रि गर्दै आएका ब्यापारि सरोज आचार्यले जानकारि दिए । उनका अनुसार भनेको समयमा नआउने र हिउदे सिजन भएको कारण पनि महगो हुन जाने बताए । 

फलफूलहरुमा अनार ४ सय रुपैया प्रति केजी,सुन्तला ३ सय प्रति केजी र प्रतिवटाको ३० रुपैया पर्ने गरेको अर्का ब्यापारि सन्तोष गुप्ताले जानकारि दिए । उनले भने केरा प्रति गोटा ३० रुपैया र प्रति केजी ३ सय नै पर्ने बताए । 

दर्जनको ८० रुपैयमा पाइने केरा र प्रति केजी ५० मा पाइने हरियो खुर्सानी डोल्पाका बजारमा आएर प्रति केजी ३ सय रुपैयामा बिक्री हुने गर्दछ । अन्य दैनिक उपभोग्य बस्तुहरुमा उद्योग बाणिज्य संघले मुल्य निर्धारण गरेको भए पनि यसरि हिउदमा तराइबाट ल्याएर बिक्री हुने तरकारी र फलफूलहरुको भने मुल्य निर्धारण गरेको पाइदैन । त्यसै कारण ब्यापारिले मन परि मुल्य गरि बिक्रि गर्ने गरेको नागरिकको गुनासो रहेको छ । 

हरियो साग रायो,भाजी,बन्दा र काउली मात्र डोल्पामा उत्पादन हुने गर्दछ । अण्डा प्रति क्यारेट ६ सय ५० र माछा मासु ५ सय रुपैयामा बिक्री हुने गर्दछ । त्यसै गरि ,बोइलर मासु,ततरकारी र फलफूलहरु सबैं नेपालगञ्ज र सुर्खेतबाट डोल्पामा आयात गर्ने गरिन्छ । तरकारी र मासु मात्र होइन दैनिक उपभोग्य सबै डोल्पाका जनताले शहर क्षेत्रमा भर पर्नू पर्ने बाध्यता रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट