2026-09-08 06:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बेरोजगार युवा जडीबुटी संकलन गरेर जिविकोपार्जन गर्दै

नन्द बहादुर रोकाया/पुस १९, मुगु । मुगुका बेरोजगार युवा जडीबुटी संकलन गरेर जिविको पार्जन गदै आएका छन । 

हिउँदको समय त्यसै बस्नु पर्ने हुदाँ मुगुका बेरोजगार युवा आज भोली कोहि धन कमाउन भन्दै भारत गहेका छन भने कोहि युवा जडीबुटी संकलन गर्न भन्दै मुगुका हिमाल तिर लागेका छन । 

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका का हस्त बहादुर बुढाका अनुसार बर्षनी मुगुका बेरोजगार युवा हिउँद शुरु हुँदा नहुँदै जडिबुटी खोज्न हिमालतिर जाने गरेको बताउनु हुन्छ । 

यार्सा,को सिजनमा यार्सा संकलन गर्न जाने  चिराइतो, अतिस लगायतका जडिबुटीको सिजनमा यिनै जडीबुटी संकलन गरेको उहाँले बताउनुभयो उहाँले भन्नुभयो  बेरोजगार छौ जडीबुटी  खोज्नु  नगएत खानै पुग्दैन वर्षैपिच्छे हामि जडीबुटी संकलन गरी बिक्रि गरेर जिविको पार्जन गदैको बुढाले बताउनुभयो ।

यसरी जडीबुटी संकलनगरी जिविको पार्जन गर्ने मुगुका बेरोजगार युवा धेरैछन मुगु जिल्लाका हिमालमा जडीबीको राजा मानिने यार्सागुम्बा सतुवा ,चिराईतो,अतिस,भुल्त्या ,बनलसुन, काकाँरसिलो लगयात अन्य जडीबुटी प्रशस्त पाईने गर्दछन् । 

तर जडीबुटी खोज्न सजिलो छैन सबै जडीबुटी एकै ठाउँमा पाईंदैन फरक फरक मौसममा विभिन्न ठाउँमा खोज्न जाँदा संकलकहरुले स्वास्थ्य समस्या झेलेर भएपनी जडीबुटी संकलन गनुपरेको छायाँनाथ रारा नगरपालीका वडा नं ६ का जंग बहादुर भामले बताउनुभयो उहाँले भन्नुभयो अप्ठेरो बाटो, चिसो, जाडो छल्दै बास बस्नु पर्ने  जोखिम छ भन्ने संकलक सबैलाई थाहा  भएपनी बेरोजगारीले यी जोखिम मोल्न तयार बनाएको उहाँको भनाई छ । .

पाँच वर्ष देखि जडीबुटी संकलन गरेर जिविका चलाउँदै आएका स्थानीय धनलाला सावत र लोकेन्द बहादुर सावतका अनुसार मुगुका बेरोजगार युवा जडीबुटी संकलन गर्न वर्षेनि दश बिस हजार मान्छेहरु यार्सा लगायतका जडीबुटी खोज्न हिमालतिर जाने गरेका र यसरी गएकाहरु मध्ये अहिले सम्म ७,८ जनाको ज्यानै समेत गैसकेको बताएका छन । जडीबुटी खोजुञ्जेल संकलकहरुले भोग्नु पर्ने बास बसाइ, खाना, स्वास्थ्य लगायतको समस्या त चाहेर पनि हटाउन नसकिदा समस्याले झेलिरहने बेरोजगार युवाहरु बताउछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग