१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको हलेसीमा आगलगीबाट ५ करोड ११ लाख १५ हजारको क्षति

१९ पुष २०७४, बुधबार १४:४१

चिसाङ शेर्पा | पुस १९, खोटाङ | खोटाङको धार्मिक तथा पर्यटकियस्थल हलेसी बजारमा भएको आगलागीबाट ५ करोड ११ लाख १५ हजारको क्षति भएको छ । हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानका ब्यवसायी मगम राईको घरबाट शुरु भएको आगोले पुर्णरुपमा चार घर जलेर नष्ट भएको थियो । पाँच घरमा आंशिक क्षति भएको छ ।

मंगलबार साँझ ७:३० बजेबाट खाना पकाउने ग्याँस पड्कीएर शुरु भएको आगोले मगम राई, उचित राई, टम्ब राई र अम्बराज राईको घर पुर्णरुपमा नष्ट भएको खोटाङका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले बताउनुभयो । थापाका अनुसार प्रकाशचन्द्र गिरी, रेगिन राई, शरण राई, गोबिन राई, कौशिला राईको घरमा आंशिक क्षतिसहित ५ करोड ११ खाल १५ हजारको क्षति भएको छ । आगोलाई मंगलबार राती ११ बजे स्थानियबासी, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । 


बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले बैठकबसी तत्कालका लागि पुर्ण क्षति भएकालाई दश हजार, आंशिक क्षतिलाई ५ हजार नगद दिएका छन् । पिडितहरुका लागि पुर्नवास आवाश्यक परेमा नेपाली सेना र बन कार्यालयले टहरा निर्माण गरिदिने सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताए । खोटाङ उधोग वाणिज्यसंघले पुर्णक्षति प्रतिघर दश हजार र आंशिक क्षतिलांई ३ हजारका दरले दिईएको खोटाङ उधोग वाणिज्यसंघका अध्यक्ष राजेन्द्र लयालुले बताए । रेडक्रसले त्रिपाल, राहत दिएको छ ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिकाले आगलागी पिडितलाई खाधान्न, लत्ताकपडा, किचन सामग्री बितरण गरेको छ । आपतको घडीमा देश तथा बिदेशमा रहेका सहयोगीदातालाई सहयोग गर्न नगरपालिकाले अनुरोध गर्दै राहत संकलनका लागि ‘नगर राहत व्यवस्थापन कोष’ खडा गर्न लागिएकोे हलेसी तुवाचुङ नगरपालिकाका मेयर इबन राईले बताउनुभयो । नगरपालिकाले आगलागी पिडितका लागि सहयोगार्थ बुधबारबाट व्यानरसहित हलेसीबाट सहयोग संकलन कार्य शुरु गरेको छ । नगरप्रमुख बिमला राई तथा कार्यकारी अधिकृत अनिल किराती कामको शिलशिलामा काठमाण्डौ रहेकाले उहाँहरुलाई त्यहींबाट सहयोगका लागि खट्न र सबैलाई यस अभियानमा ऐक्यबद्धता जनाउन अनुरोध गरिएको नगरप्रमुख राईले बताउनुभयो ।  


क्याप्सनः हलेसीमा आगोलागीबाट ध्वस्त भएका घर तथा काम लाग्ने सामग्री उठाउँदै विधार्थी र स्थानिय | तस्विर सौजन्य: दमन राई

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक