१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा बिक्रीका लागि बजार लिँदै गरेको अवैध मदिरा प्रहरीले बाटैमा नष्ट गरिदियो

२० पुष २०७४, बिहीबार ०३:५२

पुस २०, नुवाकोट । अवैध रुपमा घरमा बनाएर बिक्रीका लागि बजार लग्दै गर्दा नुवाकोट प्रहरीले बरामद गरेको मदिरा विदुरमा बुधबार नष्ट गरिएको छ । 

सदरमुकाम विदुर आसपासका क्षेत्र, कोलनी, छहरे र ककनीमा एक हजार १५० लि घरेलु मदिरा बरामद गरी नष्ट गरिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । 

ककनी प्रहरी चौकीले नियन्त्रणमा लिएको ४०० लि मदिरा पनि नष्ट गरिने प्रहरीले जनाएको छ । सदरमुकाम क्षेत्रमा घरेलु मदिराको बिक्री वितरण अत्यधिक भएको पाइएपछि प्रहरीले मदिरा उत्पादन गरिने ग्रामीण क्षेत्रमा कडाइ गर्दै मदिरा बरामद गर्न थालेको हो । 

अवैध र अस्वस्थ रुपमा उत्पादन भएका रक्सीले मानव स्वास्थ्यलाई असर गर्ने भएकाले प्रहरीले सदरमुकाममा रक्सी नियन्त्रण गर्ने अभियानअन्तर्गत निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक