१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका बिद्यार्थीलाई पोशाक तथा स्टेसनरी सामान सहयोग

२० पुष २०७४, बिहीबार ०६:३४

नन्द बहादर रोकाया/पुस २०, मुगु । जिल्लाको सदरमुकाम गमगढी नजिकै रहेको एक प्रथामिक बिद्यालयमा अध्यनरत बिद्यार्थी लाई न्यानो लुगा र स्टेशनरी सामान सहयोग गरिईएको  छ । 

छायाँनाथ रारा नगरपालीकाको वडा नं ३ मा पर्ने हिमालय प्राथमिक विद्यालय निगालेका  गरीव तथा दलित बिद्यार्थी लाई न्यानो लुगा र स्टेशनरी सामान सहयोग गरिईएको  हो । 


हिउदको सिजनमा १ बजे पछि घाम जाने भएकाले बाँकी समय आगो बालेर नियमित पठन पाठन गरीन्छ गरीवीका कारण बाक्लो र न्यानो लुगा अविभावकले जुटाउन नसक्दा जाडोमा कठ्याङ्गिदै पढनु पर्ने उनिहरुको रहर नभै बाध्यता रहेको जानकारी फेसबुक मार्फत जानकारी पाएपछि छायानाथ रारा नगरपालिका १३ थार्प गाउँ निवासी  हाल स्पेनमा बस्दै तथा व्यवशाय गर्दै  आएका पूर्व राष्ट्रिय खेलाडि अक्कल बोहराले दुखि गरिबका छोरा छोरी लाई सहयोग गर्ने चाहानाहा का साथ न्यानो लुगा र स्टेशनरी सामान सहयोग गरेका परिवार स्रोतले जनाएको छ । 

करीव ३५ घर धुरी रहेको निगाले गाँउमा गैह्र दलित भन्दा दलित समुदायको बाहुल्य धेरै रहेको र विद्यालयमा  अध्ययन गर्ने ४० जना विद्यार्थीका लागि ४० हजार बराबरको आर्थिक सहयोग गर्नु भएको थियो ।  


घाम जाने बित्तिकै  विद्यालय बन्द गरौं भने पाठहरु निर्धारीत समयमा पुरा नहुने हुदा आगो बालेर भए पनि पठन पाठन अगाडि बढाउनु  परेको दुखसो सुनाउदै प्रधानाध्यापक  लोक बहादुर मल्लले सहयोग गर्ने मुगुका आशाका केन्द्र तथा  पुर्व म्याराथुनखेलाडी बोहोरा लाई धन्यवाद दिनुभएको छ  । 

बोहोराले यस अघि पनी मुगुका दुखि असहाय लाई तथारोगी हरु लाई सहयोग गदै आउनु भएको छ  । पोशाक तथा स्टेशनरी सामग्री पाए पछि बिद्यार्थी अविभाकहरुले सहयोगी अक्कल बोहरालाई भगवान सरह सम्झिएका छन  । पोशाक तथा स्टेशनरी सामग्री अक्कल बोहराका बुबा मयलाल बोहराको हातबाट वितरण गरिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक