Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सडक छ यातायात व्यवसायी गाडी गुडादैनन्, सर्वसाधरणलाई सास्ती

२०७४, २० पुष बिहीबार १२:१२

चिसाङ शेर्पा/पुस २०, खोटाङ । खोटाङमा सवारी साधन गुडाउँन मापदण्ड सहितको सडक हुंदा पनि यातायात व्यवसायीको बेवास्ताका कारण गाडी नचल्दा सडक बेकामे बनेको छ । 

¥यापले खनेको दिक्तेल–खोटाङबजार ७४ किलोमिटर सडक बेकाम भएको छ । त्यसभेगका स्थानियलाई आवातजावत गर्नमा चरम समस्या भएको छ । 

हिउँदमा महिनामा ६ महिना गाडी चलाउन सकिने भए पनि यातायात व्यवसायीले उक्त सडकमा गाडी लगाउन नमानेपछि सडक भएर पनि स्थानियहरु सदरमुकाम आउन दुईदिन हिडेर आउनुपर्ने बाध्यता हटेको छैन । 

यातायात व्यवसायीसँग उक्त रुटमा गाडी लगाईदिन अनुरोध गरे तर, उनीहरुले ठूला सवारी साधनका लागि घुम्तीहरुमा ट्रनिङ नपुग्ने भन्दै बनाईदिन भनेपछि गाउँपालिको लगानीमा ३ लाख खर्चेर सडक र घुम्ती फराकिलो बनाईदिए अहिले व्यवसायीहरु आनाकानी गर्दै बसहरु लगाउन नमानेका दिपु्रङ गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताउनुभयो । 

दिक्तेल खोटाङबजार सडक ।  तस्विर: चिसाङ शेर्पा, खोटाङ

“उक्त रुटमा साना तथा ठूला सवारी साधान चल्ने भनेर पालिकाले ६५ बर्षमाथी उमेरका यात्रुहरुलाई निशुल्क भाडादर तोकेको थियो, व्यवसायीले बस नलगाउँदा उक्त रकम फ्रिज हुने संम्भावना बढेको पालिका प्रमुख राईले बताए ।”

खोटाङ यातायात व्यवसायीसंघका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ स्याण्डेले आफुहरु खोटाङबजार–दिक्तेलबजार दुईवटा गाडी गुडाउँन तयार रहेको बताउनुभयो । यद्यपी, रत्नपार्कस्थित अल्छेढुंगामा सडक मर्मत गरेर ढलान गर्ने कार्यले सडक बन्द भएको तथा वैकल्पिक सडक नभएकाले तत्काल बस चलाउन नसकिएको श्रेष्ठले बताएका छन् ।  

बेलायती सरकारको सहयोगमा ग्रामीण पहँुच कार्यक्रम (¥याप)ले ११ वर्ष लगाएर २०६९ साल असारमा निर्माण सम्पन्न गरेको ७४ किलोमिटर लामो हरित सडक हालसम्म उपयोग बिहिन बनेको हो । 

¥यापले ३६ करोड ३२ लाख ९९ हजार ३९१ रुपैयाँको लागतमा वाताबरणमैत्री प्रबिधि अपनाएर निर्माण गरेको सडक वल्ल तल्ल पाँच वर्षपछि गाडी गुड्ने अवस्थामा आएको भएपनि यातायात व्यवसायी संघको वेवास्थाका कारण त्यस क्षेत्रका सर्वसाधरणलाई गाडी हेर्ने र चड्ने सपनाबाट वन्चित बनाईएको छ । कच्ची सडक भएकाले जिल्लाका अधिकांश सडकहरु ६ महिना सञ्चलानमा आउने र ६ महिना बन्द हुने गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी