2026-10-31 08:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

१७औँ जिल्ला स्तरीय फुटबल प्रतियोगिता शिवगढीमा सुरु

माधव बेल्वासे/पुस २०, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीमा पर्यटकीय स्थलको प्रवद्धन गर्ने उद्देश्य सहित १७औ फुटवल प्रतियोगीता विहिवार वाट सुरु भएको छ ।

विकाश र परिवर्तनका लागी युवा अघि सरौ, शिवगढी लाई पर्यटकीयको रुपमा विकाश गरौ भन्ने नारा सहित सुर्यमुखी युवा क्लवशिवगढीले खेल आयोजना गरेको हो ।

खेलको उद्धघाटन गर्दै प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले कपिलवस्तु शिवगढी क्षेत्र पर्यटकी स्थल रहेता पनि ओझेलमा परिरहेकोले यसलाई प्रवद्धन गर्ने खेल एक माध्यम भएको वताउनु भयो ।खेल क्षेत्र वाट कपिलवस्तुको नाम चलाउन सकिने हुदा अव सवैको ध्यान युवा र खेलकुद तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

सुर्यमुखी युवा क्लवको १७ पटक सम्म खेलकुद आयोजना गरेर आफ्नो छुटटै पहिचान बनाएको वताउनुभयो ।स्थानिय निकाय तथा प्रदेश तर्फवाट आफुले गर्न सक्ने सहयोग गर्ने केसीले आश्वासन दिनुभयो ।

शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले युवा जागरुक भएर खेल क्षेत्र वाट जिल्ला तथा नगरको नाम राख्न हौसला दिनुभयो । शिवराज नगरपालिकाको पहिचान सग जोडिएको शिवगढीलाई एक पर्यटकीय रुपमा विकाश गर्ने उद्देश्यले खेल प्रतियोगी आयोजना गरेकोमा क्लवलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा वोल्दै वडा अध्यक्ष चुर वहादुर खड्काले युवा क्लवको लागी जस्तो सुकै काम गर्न आफु तत्पर रहेको जिकिर गर्नुभयो । एक एतिहासिक तथा उत्कृट वडा वनाउने उद्देश्यलाई क्लवले सहयोग गरेको वताउनुभयो । क्लवको भवनको यस वर्ष २ लाख वजेट छुट्याएको समेत वताउनुभयो ।

कपिलवस्तु शिवराज नगरपालिका वडा ९ मा सुरु भएको जिल्ला स्तरी फुटबल प्रतियोगितालाई प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले उद्धघाटन गर्दै । माधव बेल्वासे 

त्यस्तै कार्यक्रममा वोल्दै व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल,नेपाल आर्दश माविका अध्यक्ष वालकराम वुढाले नगर तथा वडाले खेललाई प्रथकिमतामा राखेर शिवगढीमा एक व्यावस्थित खेलमैदान वनाउनुपर्नेमा जोड दिएका थिए ।खेलको पहिलो दिन मैत्रीपुर्ण खेल गराइएको छ । आयोजक सस्था सुर्यमुखी युवा क्लव र ग्रिनभिजन युवा क्लव वनकट्टा विच मैत्रीपुर्ण खेल भएको छ । आजको खेलको विजेताले ५ हजार नगद पाउने छ ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने लाई ४० हजार नगद,शिल्ड,मेडल र प्रमाण पत्र द्धितिय हुनेलाई २० हजार नगद, शिल्ड, मेडल र प्रमाण पत्र र तृतिय हुनेलाई १० हजार शिल्ड, मेडल र प्रमाण पत्र महिला तर्फ प्रथम १० हजार नगद शिल्ड,मेडल र प्रमाण पत्र, द्धितृय ५ हजार शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार रहेको आयोजकले जनाएको छ । खेलमा २० समुहहरु दर्ता भएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय