2026-09-14 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

१७औँ जिल्ला स्तरीय फुटबल प्रतियोगिता शिवगढीमा सुरु

माधव बेल्वासे/पुस २०, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीमा पर्यटकीय स्थलको प्रवद्धन गर्ने उद्देश्य सहित १७औ फुटवल प्रतियोगीता विहिवार वाट सुरु भएको छ ।

विकाश र परिवर्तनका लागी युवा अघि सरौ, शिवगढी लाई पर्यटकीयको रुपमा विकाश गरौ भन्ने नारा सहित सुर्यमुखी युवा क्लवशिवगढीले खेल आयोजना गरेको हो ।

खेलको उद्धघाटन गर्दै प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले कपिलवस्तु शिवगढी क्षेत्र पर्यटकी स्थल रहेता पनि ओझेलमा परिरहेकोले यसलाई प्रवद्धन गर्ने खेल एक माध्यम भएको वताउनु भयो ।खेल क्षेत्र वाट कपिलवस्तुको नाम चलाउन सकिने हुदा अव सवैको ध्यान युवा र खेलकुद तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

सुर्यमुखी युवा क्लवको १७ पटक सम्म खेलकुद आयोजना गरेर आफ्नो छुटटै पहिचान बनाएको वताउनुभयो ।स्थानिय निकाय तथा प्रदेश तर्फवाट आफुले गर्न सक्ने सहयोग गर्ने केसीले आश्वासन दिनुभयो ।

शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले युवा जागरुक भएर खेल क्षेत्र वाट जिल्ला तथा नगरको नाम राख्न हौसला दिनुभयो । शिवराज नगरपालिकाको पहिचान सग जोडिएको शिवगढीलाई एक पर्यटकीय रुपमा विकाश गर्ने उद्देश्यले खेल प्रतियोगी आयोजना गरेकोमा क्लवलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा वोल्दै वडा अध्यक्ष चुर वहादुर खड्काले युवा क्लवको लागी जस्तो सुकै काम गर्न आफु तत्पर रहेको जिकिर गर्नुभयो । एक एतिहासिक तथा उत्कृट वडा वनाउने उद्देश्यलाई क्लवले सहयोग गरेको वताउनुभयो । क्लवको भवनको यस वर्ष २ लाख वजेट छुट्याएको समेत वताउनुभयो ।

कपिलवस्तु शिवराज नगरपालिका वडा ९ मा सुरु भएको जिल्ला स्तरी फुटबल प्रतियोगितालाई प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले उद्धघाटन गर्दै । माधव बेल्वासे 

त्यस्तै कार्यक्रममा वोल्दै व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल,नेपाल आर्दश माविका अध्यक्ष वालकराम वुढाले नगर तथा वडाले खेललाई प्रथकिमतामा राखेर शिवगढीमा एक व्यावस्थित खेलमैदान वनाउनुपर्नेमा जोड दिएका थिए ।खेलको पहिलो दिन मैत्रीपुर्ण खेल गराइएको छ । आयोजक सस्था सुर्यमुखी युवा क्लव र ग्रिनभिजन युवा क्लव वनकट्टा विच मैत्रीपुर्ण खेल भएको छ । आजको खेलको विजेताले ५ हजार नगद पाउने छ ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने लाई ४० हजार नगद,शिल्ड,मेडल र प्रमाण पत्र द्धितिय हुनेलाई २० हजार नगद, शिल्ड, मेडल र प्रमाण पत्र र तृतिय हुनेलाई १० हजार शिल्ड, मेडल र प्रमाण पत्र महिला तर्फ प्रथम १० हजार नगद शिल्ड,मेडल र प्रमाण पत्र, द्धितृय ५ हजार शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार रहेको आयोजकले जनाएको छ । खेलमा २० समुहहरु दर्ता भएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ