२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वीरेन्द्रनगरमा प्रहरीको अवैध मदिरा नियन्त्रण अभियान

२०७४, २० पुष बिहीबार १५:५२

पुस २०, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको नेतृत्व परिवर्तन भएसंगै हङ्गामा मच्चाउन खोज्ने नयाँ नेतृत्वले फेरी ‘अवैध मदिरा क्लिन स्वीप’ अभियान थालेको छ । 

बुधबार र बिहीबार गरी दुई दिनमा सुर्खेत प्रहरीले पाँचसय बढी घरेलु मदिरा बरामद गरेको बताएको छ । बरामद मदिरा बिहीबार पत्रकार र करदाता सेवा कार्यालय सुर्खेतको रोहवरमा नष्ट समेत गरेको छ ।

यो अभियान नयाँ नेतृत्व आएको बेला मात्रै प्रहरीले जोडतोडले लागेपनि अन्य समय शिथिल हुने गरेको तर्क आमनागरिकको छ । प्रतिनिधि र प्रदेश सभा निर्वाचन अगावै सुर्खेत प्रहरीको जिम्मेवारी सम्हालेका एसपी उमाप्रसाद चर्तुवेदीले बुधबार मात्रै यो अभियानलाई सार्थकता दिन टोल टोलमा प्रहरी परिचालन गरेका थिए । 

केही दिन अघि मात्रै जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी निरिक्षकमा शंकर श्रेष्ठले प्रवेश पाए । एसपी चर्तुवेदी र प्रहरी निरिक्षक श्रेष्ठले एकै दिनमा यतिको ठुलो मात्रामा घरेलु मदिरा जफत गरे ।

घरेलु हिंसाको जड घरेलु मदिरा मुख्य कारक मानिन्छ । नयाँ नेतृत्वले देखाउनकै लागि मौसमी अभियान थाल्दा अवैध मदिराले प्रसय पाइरहेको आम नागरिकको बुझाई छ । 

वीरेन्द्रनगरका विभिन्न ठाउँहरुबाट प्रहरीले घरेलु मदिरा बनाउन प्रयोग गरिने सामग्रीसहित तयारी अवस्थामा रहेको पाँचसय लिटर मदिरा बरामद ग¥यो । यो अभियान झण्डै एकवर्षको अवधिमा बुधबारबाट थालेको हो । 

वीरेन्द्रनगरका साना होटर र कटेजहरुमा छ्यापछ्याप्ती पाइने घरेलु मदिरा नियन्त्रण अभियान मासिक रुपमा गर्नुपर्ने तर्क स्थानीय कल्पना थापाको छ ।

‘प्रहरीले नयाँ नेतृत्वमा आए मात्रै अभियान थाल्छ, अन्य समयमा तैँ चुप मैँ चुपको अवस्थामा हुन्छ’ थापा भन्छिन्,–‘थाल बजाएर हात्ती भगाउन खोज्नुभन्दा नियमितता हुनु राम्रो हुन्छ ।’ 

दुई दिनको अवधिमा मात्रै प्रहरीले ग्यालिनमा तयारी मदिरा ८० वटा, जम्बो बोत्तल ८० वटा, प्लाष्टिकको ठुलो भाडा ५३ थान, मिनरल वाटर २३ बोत्तल, रक्सी बनाउन प्रयोग हुने भाडा ९ थान, फिल्टर ५ थान र डेक्ची २ थान बरामद गरेको छ ।

सदरमुकाम वीरेन्द्रनगर आसपासका क्षेत्रहरुबाट अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चर्तुवेदीले जानकारी दिए । उनले यो अभियान क्षणिक नभइ निरन्तर चल्ने दावी गरे । 

‘सदरमुकाम क्षेत्रमा रहेका साना होटलहरुमा घरेलु मदिराको बिक्री वितरण अत्यधिक भएको पायौं’ एसपी चर्तुवेदीले भने ‘मदिरा उत्पादन गरिने क्षेत्रमा नियमित छड्के अनुगमन जारी राख्नेछौं, मदिरा नियन्त्रण गर्ने अभियान मौसमी हुने छैन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित