३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

निशुल्क स्वास्थ्य शिविर सम्पन्न

१५ भाद्र २०७२, मंगलवार ०६:०२

सन्तोषकुमार गुप्ता/भदौँ १५, भालुवाङ । अमृत जनस्वास्थ्य सहकारी संस्थाद्धारा सञ्चालित अमृत जनस्वास्थ्य सेवा केन्द्रको आयोजनामा प्यूठानको बाङ्गेसाल—७ सत्य माध्यमिक विद्यालय ददेरीमा एक दिने निशुल्क स्वास्थ्य चेक जाँच तथा उपचार शिविर सम्पन्न भएको छ ।

शिविरमा ददेरी, गनाहा, चैते शान्तिपुर, बाहुनीपाटा, मछीताल, घोसखोला र अर्घाखाँचीको बडीदमार, चिसापानी लगायतका गाउँबाट १ सय २५ जना बिरामीहरुले निशुल्क स्वास्थ्य चेक जाँच तथा उपचार गराएका थिए ।

शिविरमा ज्वरो, टाईफाईट, रुखाखोकी, झाडापखाला, ढाँड कम्मर दुख्ने, ग्यास्टिक, आँउ, ब्लड प्रेसर र युरिकेसिड लगायतका बिरामी फेला परेको अमृत जनस्वास्थ्य सेवा केन्द्रका कार्यालय प्रमुख केशवराज आचार्यले जानकारी दिए ।

शिविरमा १५ जना जटिल रोगका बिरामीहरुलाई बिशेषज्ञ सेवाका लागि रिफर गरिएको थियो । शिविरमा सेवा केन्द्रले १५ हजार बराबरको निशुल्क औषधी बितरण गरिएको थियो भने स्वास्थ्य चेक जाँच बरिष्ठ चिकित्सक हरिबहादुर सुनारले गरेका थिए । शिविरमा स्वास्थ्यकर्मी केशवराज आचार्य र निर्मला आचार्यले समेत सेवा प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली