२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाको यस्तो प्रस्ताव उत्तर कोरियाले किन गर्यो स्वीकार ?

२०७४, २१ पुष शुक्रबार १०:२५

पुस २१, सोल । उत्तर कोरियाले दक्षिण कोरियाले राखेको वार्ताको प्रस्ताव स्वीकार गरेको समाचार छ । 

दक्षिण कोरियाले हालैमात्र उत्तरसँग अन्तर सरकारी स्तरमा उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको थियो । सो प्रस्ताव उत्तरले स्वीकार गरेको खबर पठाएको दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले जानकारी दिएको छ । 

उक्त मन्त्रालयका प्रवक्ता वाइता हानले सोलमा शुक्रबार आयोजित पत्रकार सम्मेलमा दिएको जानकारीअनुसार दक्षिण कोरियाले पठाएको उच्चस्तरीय वार्ताको प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेको खबर पठाएको छ । 

सो वार्ता यही जनवरी ९ मा गर्नेगरी तय गरिएको छ । सो वार्ता दक्षिण कोरियाको नियन्त्रणमा रहेको पानामजुमस्थित शान्तिगृह ‘पिस हाउस’ मा आयोजना गरिएको छ । 


सो वार्ताको प्रस्ताव करिब महिनादिनअघि नै दक्षिण कोरियाले गरेको थियो । यसअघि दक्षिण कोरियाले आयोजना गरेको ग्रीश्मकालीन ओलम्पिक खेलमा पनि सहभागिताका लागि उत्तरले सहमति जनाएको थियो । 

आगामी जनवरी ९ मा हुने सो उच्चस्तरीय वार्ताले आगामी दिनमा यी दुई देशको सम्बन्ध सुधारमा सहयोग पुग्ने बताइएको छ । 

साथै सो वार्ताका क्रममा दक्षिण कोरियामा हुन लागेको उक्त खेलकुदका विषयमा पनि कुराकानी हुने बताइएको छ । हुनत यसअघि नै दक्षिण कोरियाली राष्ट्रपति इनले नै उक्त खेलकुदको तयारीका लागि सम्बद्ध पक्षलाई निर्देशन दिइसकेको बताइएको थियो । 

उता उत्तर र दक्षिण कोरियाबीच पछिल्लो समयमा सुरुवाता गरिएको हटलाइन टेलिफोन सेवाको पुनः सुरुवातप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि स्वागत गर्नुभएको थियो । 

उत्तर कोरियाली नेता किम जोङ उनको आदेशमा दुई बर्ष अघि बन्द गरिएको उक्त सेवा बुधबार अपराह्नबाट पुनः सुरु भएको समाचारमा जनाइएको छ । सो कार्यको महासचिव गुथ्रेसले स्वागत गर्नुभएको हो । 

पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा सुधार आएको छ । यस अघि नै दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाली नेता किम जोन उनको सम्बोधनको स्वागत गर्नुभएको थियो । 

नयाँ वर्ष सन् २०१८ को अवसरमा उत्तर कोरियाली नेता उनले मङ्गलबार राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा दक्षिण कोरियाले प्रस्ताव गरेको वार्तामा सहभागी हुनसक्ने धारणा सार्वजनिक गर्नुभएको थियो । 

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तरका नेताले सहभागिता जनाउने भएपछि सो खेलकुदका साथै उक्त उच्चस्तरीय वार्ताको लागि पनि तयारी गर्न सरकारी निकायहरुलाई निर्देशन दिनुभएको एक समाचारमा जनाइएको छ । 

सो वार्ताको प्रस्तावमा उत्तरले केही बोलेको थिएन । तर उत्तर कोरियाली नेताले गरेको पछिल्लो सम्बोधनमा वार्तामा बस्ने सङ्केत गरेपछि सुरुभएको सकारात्मक पहलहरु अब उच्चस्तरी वार्तामा बस्नेसम्म पुगेको छ । 

यसैबीच सोलबाट शुक्रबार प्राप्त अर्काे एक समाचारमा दक्षिण कोरियाली राष्ट्रपतिले वार्ताको तयारी गर्न अधिकारीहरुलाई निर्देशन दिनुभएको बताइएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ