२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङ्ग-प्युठान-गुल्मी हुँदै स्याङ्गजा-पोखरा-काठमाण्डौ राजमार्ग खुल्दै

२१ पुष २०७४, शुक्रबार ११:४२

प्रेम सुनार/पुस २१, गुल्मी । ५ नम्वर प्रदेशको राजधान दाङ्ग हुने चर्चा चलिरहेका वेला गुल्मीका जनप्रतिनिधीहरुले दाङ्ग, प्युठान, गुल्मी, स्याङ्गजा र पोखरा हुँदै काठमाण्डौं जोडने बैकल्पीक राजमार्ग खोल्ने तयारी थालेका छन् । 

गुल्मी क्षेत्र नम्वर २ प्रदेश १ का सांसद सुदर्शन बरालको अवधारणामा यस्तो वैकल्पीक राजमार्ग खोल्ने तयारी सुरु भएको  जनाईको छ । सांसद वरालको नेतृत्वमा धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल , माओवादी केन्द्र गुल्मीका सह संयोजक निमबहादुर पाण्डे सहितको टोली स्थलगत अध्यानका लागि यति वेला धुकोट पुर्कोट हुँदै प्युठान पुगेका छन् । 

अँस्ती देखि सुरु भएको अध्यानका क्रममा उनिहरुले धुर्कोट, पुर्कोट र प्युठानको झिम्रुक गाउँपालिकाका जनप्रतिनिधीहरु संग उक्त राजमार्गको महत्व र औचित्य वारे अन्तरकृया गरी रहेका छन् । सांसद वरालले अन्तरकृयाका क्रममा सवै जनप्रतिनिधीहरुबाट  उत्साह जनक प्रतिकृया दिएको बताए । 

उक्त राजमार्ग सर्वे डिजाईनिङ्गका लागि पुर्व अर्थमन्त्री कृष्णबहादुर महराको पालामा करिव १ करोड रकम परी सकेको र बाँकी सर्वे पश्चात आवश्यक रकम विनियोजनको पहल थालिने सांसद वरालले जानकारी दिए । 

रोल्पाका प्रतिनिधी सभा सदस्य तथा  अर्का पुर्व अर्थमन्त्री वर्षामान पुन र प्युठानका प्रदेश सभा सांसद कृष्णध्वज खड्का पनि यस योजनाका लागि सकारात्मक भएको वरालको भनाई छ । स्याङ्गजाको वालिङ्ग हुँदै गुल्मीको शान्तिपुर ईन्द्रगौडा रातडाँडा पुर्कोट  प्युठान हुँदै दाङ्ग जोडदा तराई तर्फको व्यस्त राजमार्गको सास्तीबाट सुदुर पश्चिमका जनतालाई सुविधा हुने, अर्घाखाँचीको वल्लो भेग, गुल्मीका जनतालाई  पोखरा काठमाण्डौ पुग्न छोटो दुरी र सहज यात्रा हुने वरालको ठम्याई छ । 

यस राजमार्ग खुले पछि गुल्मीको पुर्कोट धुर्कोट, रातडाँडा, ईन्द्रगौडा र शानितपुरमा वजारीकरण बृद्धि हुने र व्यापार व्यवस्याय बढ्ने, तराईको राजमार्गमा हुने बन्द हड्ताल र  लामो दुरीको सास्तीबाट यस भेगका जनताले राहत पाउने उनको दावी छ । 

नेता वराल २०६४ को संविधान सभा निर्वाचनमा सविकको १ नम्वर क्षेत्रबाट निर्वाचित भई सके पछि कालिगण्डकी कोरिडोरको अवधारण ल्याई नेपाली सेनालाई निर्माणको जिम्मा दिनमा अग्रणी भुमिका खेलेका थिए । 

त्यस्तै रुद्रवेणी देखि अस्लेवा ठुलोलुम्पेक हुँदै सत्यवती र मुक्तिनाथ सम्मको पदमार्गको योजना पनि उनैले ल्याएका थिए । 

रुद्रवेणी देखि वामीटकसर सडक खण्डका विभिन्न स्थानमा आफुले १२ वटा मोटरेवल पुल पारे पनि कांग्रेस नेता एक्लैले ४२ वटा पुले पारे भनेको प्रति उनको गुनासो छ  । त्यस्तै २०६८ साल देखि उनै सासद वरालले जनता आवास कार्यक्रम जिल्लामा भित्राएका थिए । 

अहिले भने कांग्रेस नेता चन्द्र भण्डारीले जनता आवास कार्यक्रमको  उच्चारण नै न गरी आफुले उपहारका रुपमा गरिवका घर बनाई दिन लागेको भन्ने अभिव्यक्तिलाई उनले हाँस्यास्पद भनेका छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य