2026-09-14 05:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङ्ग-प्युठान-गुल्मी हुँदै स्याङ्गजा-पोखरा-काठमाण्डौ राजमार्ग खुल्दै

प्रेम सुनार/पुस २१, गुल्मी । ५ नम्वर प्रदेशको राजधान दाङ्ग हुने चर्चा चलिरहेका वेला गुल्मीका जनप्रतिनिधीहरुले दाङ्ग, प्युठान, गुल्मी, स्याङ्गजा र पोखरा हुँदै काठमाण्डौं जोडने बैकल्पीक राजमार्ग खोल्ने तयारी थालेका छन् । 

गुल्मी क्षेत्र नम्वर २ प्रदेश १ का सांसद सुदर्शन बरालको अवधारणामा यस्तो वैकल्पीक राजमार्ग खोल्ने तयारी सुरु भएको  जनाईको छ । सांसद वरालको नेतृत्वमा धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल , माओवादी केन्द्र गुल्मीका सह संयोजक निमबहादुर पाण्डे सहितको टोली स्थलगत अध्यानका लागि यति वेला धुकोट पुर्कोट हुँदै प्युठान पुगेका छन् । 

अँस्ती देखि सुरु भएको अध्यानका क्रममा उनिहरुले धुर्कोट, पुर्कोट र प्युठानको झिम्रुक गाउँपालिकाका जनप्रतिनिधीहरु संग उक्त राजमार्गको महत्व र औचित्य वारे अन्तरकृया गरी रहेका छन् । सांसद वरालले अन्तरकृयाका क्रममा सवै जनप्रतिनिधीहरुबाट  उत्साह जनक प्रतिकृया दिएको बताए । 

उक्त राजमार्ग सर्वे डिजाईनिङ्गका लागि पुर्व अर्थमन्त्री कृष्णबहादुर महराको पालामा करिव १ करोड रकम परी सकेको र बाँकी सर्वे पश्चात आवश्यक रकम विनियोजनको पहल थालिने सांसद वरालले जानकारी दिए । 

रोल्पाका प्रतिनिधी सभा सदस्य तथा  अर्का पुर्व अर्थमन्त्री वर्षामान पुन र प्युठानका प्रदेश सभा सांसद कृष्णध्वज खड्का पनि यस योजनाका लागि सकारात्मक भएको वरालको भनाई छ । स्याङ्गजाको वालिङ्ग हुँदै गुल्मीको शान्तिपुर ईन्द्रगौडा रातडाँडा पुर्कोट  प्युठान हुँदै दाङ्ग जोडदा तराई तर्फको व्यस्त राजमार्गको सास्तीबाट सुदुर पश्चिमका जनतालाई सुविधा हुने, अर्घाखाँचीको वल्लो भेग, गुल्मीका जनतालाई  पोखरा काठमाण्डौ पुग्न छोटो दुरी र सहज यात्रा हुने वरालको ठम्याई छ । 

यस राजमार्ग खुले पछि गुल्मीको पुर्कोट धुर्कोट, रातडाँडा, ईन्द्रगौडा र शानितपुरमा वजारीकरण बृद्धि हुने र व्यापार व्यवस्याय बढ्ने, तराईको राजमार्गमा हुने बन्द हड्ताल र  लामो दुरीको सास्तीबाट यस भेगका जनताले राहत पाउने उनको दावी छ । 

नेता वराल २०६४ को संविधान सभा निर्वाचनमा सविकको १ नम्वर क्षेत्रबाट निर्वाचित भई सके पछि कालिगण्डकी कोरिडोरको अवधारण ल्याई नेपाली सेनालाई निर्माणको जिम्मा दिनमा अग्रणी भुमिका खेलेका थिए । 

त्यस्तै रुद्रवेणी देखि अस्लेवा ठुलोलुम्पेक हुँदै सत्यवती र मुक्तिनाथ सम्मको पदमार्गको योजना पनि उनैले ल्याएका थिए । 

रुद्रवेणी देखि वामीटकसर सडक खण्डका विभिन्न स्थानमा आफुले १२ वटा मोटरेवल पुल पारे पनि कांग्रेस नेता एक्लैले ४२ वटा पुले पारे भनेको प्रति उनको गुनासो छ  । त्यस्तै २०६८ साल देखि उनै सासद वरालले जनता आवास कार्यक्रम जिल्लामा भित्राएका थिए । 

अहिले भने कांग्रेस नेता चन्द्र भण्डारीले जनता आवास कार्यक्रमको  उच्चारण नै न गरी आफुले उपहारका रुपमा गरिवका घर बनाई दिन लागेको भन्ने अभिव्यक्तिलाई उनले हाँस्यास्पद भनेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ