२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

असहाय बालबालिकालाई ज्याकेट वितरण

२०७४, २१ पुष शुक्रबार १४:५९

पुस २१, सुर्खेत । सडक तथा असहाय बालबालिकालाई शुक्रवार ज्याकेट वितरण गरिएको छ । गोरखा घरको आयोजना तथा सामुदायिक सुधार संस्थाको पहलमा यहा“का करिव तीन दर्जन बढी बालबालिकालाई ज्याकेट वितरण गरिएको हो । ज्याकेट वितरण कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले पछिल्लो समय सडक बालबालिकाहरु बढ्दै गएकोले स्थानीय तहले तिनीहरुको लागि विशेष काम गर्ने जनाए ।

उनले स्थानीय तहमा गर्नुपर्ने धेरै काम हु“दा अन्यौलता थपिएकोले विभिन्न सहयोगी निकायहरुबाट पनि आ–आफ्नो क्षेत्रमा काम गरी दुःख बा“ड्न सकिने बताए । सामुदायिक सुधार संस्थाका अध्यक्ष ललित भट्टराईले सडक तथा असहाय बालबालिकाहरुलाई सानो पनि सहयोग गर्न पाउ“दा खुशी लागेको बताए । उनले क्षणिक सहयोगभन्दा दीर्घकालीन उपायहरु ल्याउनुपर्नेमा जोड दिए ।


गोरखा घरका जयन्ती सुनुवारले सडक तथा असहायक बालबालिकाहरुलाई दुव्यर्सनबाट बचाउन संस्थाले विभिन्न काम गरिरहेकोले सुर्खेत ज्याकेट वितरण गरिएको बताइन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर श्रेष्ठ, सुर्खेत उद्योग बाणिज्य संघका सदस्य भद्र भण्डारीलगायतले सहयोगप्रति आभार प्रकट गर्दै सडक तथा असहायक बालबालिकाका लागि दीर्घकालीन योजनाहरु ल्याउनुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी