2026-09-18 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा शव भेटिएको १५ महिनापछि ५ जना पक्राउ, घटना रहस्यमयी (नामसहित)

पुस २१, नुवाकोट । एक व्यक्तिको मृत्यु भएको पन्ध्र महिनापछि घटना ‘रहस्यमय’ देखिएको भन्दै नुवाकोट प्रहरीले पाँच जनालाई पक्राउ गरी कारवाहीका लागि अनुसन्धान शुरु गरेको छ । 

पक्राउ परेकाविरुद्ध प्रहरीले आज नुवाकोट जिल्ला अदालतमा कर्तव्य ज्यानविरुद्ध मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान शुरु गरेको छ । विसं २०७३ असोज १४ गते धादिङको बैरेनीस्थित त्रिशूली नदी किनारमा मृत भेटिएका बेलकोटगढी नगरपालिका–७ रातमाटेका पुरुषोत्तम लामाको हत्या भएको आशंकामा स्थानीयवासी पाँच जनालाई बिहीबार पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा बेलकोटगढी–७ का ५० वर्षीय रामनारायण यादव, २८ वर्षीय कृष्णबहादुर तामाङ, ३९ वर्षीय बालकृष्ण लामा, ४५ वर्षीय चन्द्रबहादुर लामा र ४० वर्षीय झिल्केबहादुर लामा छन् । विसं २०७३ असोज ११ गते हराएका ५० वर्षीय पुरुषोत्तमको शव त्रिशूली नदी किनारमा भेटिएकाले तत्कालीन समयमा बगाएर मृत्यु भएको प्रहरीले जनाएको थियो । 

शवको परीक्षणमा ‘टाउकोमा चोट’ लागेर मृत्यु भएकाले भवितव्य देखिए पनि पीडित परिवारको किटानी जाहेरीले घटना रहस्यमय देखिएकाले संलग्न रहेको अभियोगमा पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

पुरुषोत्तम हराएको दिन नै नुवाकोटमा हत्या गरी शव त्रिशूली नदीमा बगाइदिएको भन्दै उनकी छोरी लक्ष्मीले धादिङ प्रहरीमा जाहेरी दिए पनि लिन अस्वीकार गरिएको थियो । 

घटनाको पन्ध्र महिनापछि यही पुस १२ गते किटानीसहित दिइएको जाहेरीले नुवाकोटमा नै ‘हत्या भएको हुनसक्ने’ भन्दै नुवाकोट प्रहरीलाई घटनाको अनुसन्धान गर्न धादिङ प्रहरीले गरेको आग्रहअनुसार कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई