१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा शव भेटिएको १५ महिनापछि ५ जना पक्राउ, घटना रहस्यमयी (नामसहित)

२१ पुष २०७४, शुक्रबार १५:५१

पुस २१, नुवाकोट । एक व्यक्तिको मृत्यु भएको पन्ध्र महिनापछि घटना ‘रहस्यमय’ देखिएको भन्दै नुवाकोट प्रहरीले पाँच जनालाई पक्राउ गरी कारवाहीका लागि अनुसन्धान शुरु गरेको छ । 

पक्राउ परेकाविरुद्ध प्रहरीले आज नुवाकोट जिल्ला अदालतमा कर्तव्य ज्यानविरुद्ध मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान शुरु गरेको छ । विसं २०७३ असोज १४ गते धादिङको बैरेनीस्थित त्रिशूली नदी किनारमा मृत भेटिएका बेलकोटगढी नगरपालिका–७ रातमाटेका पुरुषोत्तम लामाको हत्या भएको आशंकामा स्थानीयवासी पाँच जनालाई बिहीबार पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा बेलकोटगढी–७ का ५० वर्षीय रामनारायण यादव, २८ वर्षीय कृष्णबहादुर तामाङ, ३९ वर्षीय बालकृष्ण लामा, ४५ वर्षीय चन्द्रबहादुर लामा र ४० वर्षीय झिल्केबहादुर लामा छन् । विसं २०७३ असोज ११ गते हराएका ५० वर्षीय पुरुषोत्तमको शव त्रिशूली नदी किनारमा भेटिएकाले तत्कालीन समयमा बगाएर मृत्यु भएको प्रहरीले जनाएको थियो । 

शवको परीक्षणमा ‘टाउकोमा चोट’ लागेर मृत्यु भएकाले भवितव्य देखिए पनि पीडित परिवारको किटानी जाहेरीले घटना रहस्यमय देखिएकाले संलग्न रहेको अभियोगमा पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

पुरुषोत्तम हराएको दिन नै नुवाकोटमा हत्या गरी शव त्रिशूली नदीमा बगाइदिएको भन्दै उनकी छोरी लक्ष्मीले धादिङ प्रहरीमा जाहेरी दिए पनि लिन अस्वीकार गरिएको थियो । 

घटनाको पन्ध्र महिनापछि यही पुस १२ गते किटानीसहित दिइएको जाहेरीले नुवाकोटमा नै ‘हत्या भएको हुनसक्ने’ भन्दै नुवाकोट प्रहरीलाई घटनाको अनुसन्धान गर्न धादिङ प्रहरीले गरेको आग्रहअनुसार कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक