२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

जनजागृति अन्तिम चारमा

११ बैशाख २०७३, शनिबार २०:३५

प्रकाश धौलाकोटी/ बैशाख १२, तेह्रथुम । लालीगुराँस नगरपालिका स्थित बसन्तपुर बजारमा शनिबारबाट सुरु भएको दोस्रो लालीगुराँस गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको पहिलो खेलमा संखुवासभा फुटबल संघलाई पराजित गर्दै जनजागृति फुटबल क्लब हिले धनकुटा सेमीफाइनलमा प्रवेश गरेको छ ।
sports news of terhathum - sajha sabal

बसन्तपुरस्थित मैदानमा भएको खेलमा निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि ट्राइबेकरमा ४–३ गोल अन्तरले संखुवासभालाई पाखा लगाउँदै हिले धनकुटाले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । वर्षा र हावाहुरीका कारण निर्धारित समयभन्दा एक घण्टा ढिला गरी सुरु भएको खेलको पहिलो हाफमा दुवै टिमले बराबरी खेलेका थिए ।

दोश्रो हाफको २३ औँ मिनेटमा संखुवासभाका जर्सी नं. ७ का खेलाडी दीपक चौहानले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभयो । तर दोश्रो हाफको इन्जुरी समयमा जनजागृति हिले धनकुटाका जर्सी नं. १० का खेलाडी सन्जय रम्तेलले जवाफी गोल फर्काउदै खेललाई बराबरीमा ल्याउनुभएको थियो । थप समयमा पनि दुवै टिमबाट गोल हुनसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । पहिलो खेलमा जनजागृति युवा क्लब हिले धनकुटाका किपर फुपुछिरिङ शेर्पा म्यान अफ दि म्याच घोषित हुनुभएको छ । प्रतियोगिता अन्तर्गत आइतबार आज म्याङलुङ नगरपालिका, तेह्रथुम र दोर्जे गियर प्रालि काठमाडौँबीच खेल हुने आयोजक पाथीभरा युवा सामुदायिक क्लबले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी मुरारीप्रसाद वस्तीले लालीगुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्धार बसन्तपुरमा आयोजित गोल्ड कप फुटबलले पर्यटन प्रवर्धन र पहाडी क्षेत्रको खेलकुद विकासकालागि महत्वपुर्ण सहयोग पुग्ने धारणा राख्नुभयो ।

वि.स. २०५६ सालबाट सुरु भएपनि निरन्तर सन्चालन हुन नसकेको प्रतियोगिताको निरन्तरता स्वरुप स्थानीय युवाहरुको अगुवाईमा यसवर्षबाट पुनः लालीगुराँस गोल्डकप सन्चालन हुन थालेको हो । प्रतियोगिताको विजेताले १५ ग्राम सुनजडित १ सय २० तोला चाँदीको गोल्ड कपसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने