2026-08-16 09:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

जनजागृति अन्तिम चारमा

प्रकाश धौलाकोटी/ बैशाख १२, तेह्रथुम । लालीगुराँस नगरपालिका स्थित बसन्तपुर बजारमा शनिबारबाट सुरु भएको दोस्रो लालीगुराँस गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको पहिलो खेलमा संखुवासभा फुटबल संघलाई पराजित गर्दै जनजागृति फुटबल क्लब हिले धनकुटा सेमीफाइनलमा प्रवेश गरेको छ ।
sports news of terhathum - sajha sabal

बसन्तपुरस्थित मैदानमा भएको खेलमा निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि ट्राइबेकरमा ४–३ गोल अन्तरले संखुवासभालाई पाखा लगाउँदै हिले धनकुटाले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । वर्षा र हावाहुरीका कारण निर्धारित समयभन्दा एक घण्टा ढिला गरी सुरु भएको खेलको पहिलो हाफमा दुवै टिमले बराबरी खेलेका थिए ।

दोश्रो हाफको २३ औँ मिनेटमा संखुवासभाका जर्सी नं. ७ का खेलाडी दीपक चौहानले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभयो । तर दोश्रो हाफको इन्जुरी समयमा जनजागृति हिले धनकुटाका जर्सी नं. १० का खेलाडी सन्जय रम्तेलले जवाफी गोल फर्काउदै खेललाई बराबरीमा ल्याउनुभएको थियो । थप समयमा पनि दुवै टिमबाट गोल हुनसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । पहिलो खेलमा जनजागृति युवा क्लब हिले धनकुटाका किपर फुपुछिरिङ शेर्पा म्यान अफ दि म्याच घोषित हुनुभएको छ । प्रतियोगिता अन्तर्गत आइतबार आज म्याङलुङ नगरपालिका, तेह्रथुम र दोर्जे गियर प्रालि काठमाडौँबीच खेल हुने आयोजक पाथीभरा युवा सामुदायिक क्लबले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी मुरारीप्रसाद वस्तीले लालीगुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्धार बसन्तपुरमा आयोजित गोल्ड कप फुटबलले पर्यटन प्रवर्धन र पहाडी क्षेत्रको खेलकुद विकासकालागि महत्वपुर्ण सहयोग पुग्ने धारणा राख्नुभयो ।

वि.स. २०५६ सालबाट सुरु भएपनि निरन्तर सन्चालन हुन नसकेको प्रतियोगिताको निरन्तरता स्वरुप स्थानीय युवाहरुको अगुवाईमा यसवर्षबाट पुनः लालीगुराँस गोल्डकप सन्चालन हुन थालेको हो । प्रतियोगिताको विजेताले १५ ग्राम सुनजडित १ सय २० तोला चाँदीको गोल्ड कपसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट