Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

आगलागी पिडितका लागि प्रधानमन्त्री समक्ष सहयोगको अपिल

२०७४, २२ पुष शनिबार ०८:२७

चिसाङ शेर्पा/पुस २२, खोटाङ । हलेसीमा आगलागी पिडितका लागि प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष सहयोगको अनुरोध गरिएको छ । 

गत मंगलबार साँझ आगलागीबाट घर तथा अन्नपात ध्वस्त भएका हलेसी तुवाचुङ नगरपालिका महादेबस्थान ७ का मगम राई, उचित बहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको घरमा होलसेल पसल गर्ने उदयपुर कटारीका व्यवसायी जगदीस दास लगायतका पिडितको सहयोगका लागि अपिल गरिएको हो ।

अग्नि पिडितको सहयोग निवेदन लिनुहुंदै प्रधानमन्त्री शेर बहादुर देउवा । तस्विर: सौजन्य, बिमला राई

अग्नि पिडित परिवारलाई नगरपालिका, विभिन्न संघसंस्था र प्रवासबाट राहत उपलब्ध भईरहेको अवगत गराउँदै राज्यको तर्फबाट थप सहयोगको लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगेर शनिवार प्रधानमन्त्री देउवा समक्ष सहयोगको अनुरोध गरिएको हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख बिमला राईले बताउनुभयो । 

नगरपालिकाको सहयोग निबेदन लिदै प्रधानमन्त्री देउवाले पिडितका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको कांग्रेस क्षेत्र नम्बर दुईका महासमिति सदस्य रबि प्रकाश राईले जानकारी दिनुभयो ।

संक्रमणकालिन अवस्थामा रहनुभएका प्रधानमन्त्री देउवाले सहयोगको आश्वसन दिलाए पनि त्यसलाई जिल्लाका नेताहरुले फ्लोअप गरेमा निश्चयरुपमा पिडितहरुले सहयोग पाउने नगरपालिका उपप्रमुख राईले बताईन् । गत पुस १८ गते मगमको घरबाट शुरु भएको आगोले ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी