2026-09-12 09:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा १५ प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा

राम नारायण पंडित/पुस २२, सिरहा । बालबालिकाहरुमा देखिएको कुपोषण हटाउन सिरहामा शिघ्र कुपोषण एकिकृत व्यवस्थापन कार्यक्रम लागू भएको छ । 

गएको भदौ महिनामा तराई मधेशमा आएको बाढीको चपेटामा परेका बालबालिकाहरुको दृष्टिगत गर्दै सिरहामा कुपोषण हटाउन शिघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा. चुमनलाल दासले बताए । 

बाढीका कारण पोषणमा परेका असरलाई सम्हाल्नका लागि कार्यक्रम संचालन गरिएको उनले बताए । उनले भने “सानो बच्चा भएका दुध चुसाउने आमा र बच्चाहरुमा बाढीका कारण पोषणमा असर परेकोले “न्युट्रिसियन इन ईमरजेन्सि” भन्ने कार्यक्रम ल्याईएको छ ।   

मिर्चैयामा संचालित सिध्र कुपोषण एकिकृत ब्यबस्थापन कार्यक्रम सम्बन्धि स्वास्थ्यकर्मीहरुको प्रशिक्षणको क्रममा प्रमख डा. दासले सिरहामा गरिएको “क्विक एसिस्टेन्ट” अध्ययन अनुसार १५ प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा रहेको बताए । 

उनले भने, “अहिले जिल्ला भित्रको अवस्था हेर्दा कडा खालको कुपोषित बालबालिका १५ प्रतिशत रहेको छ, जबकी देशभरीमा १० प्रतिशत र प्रदेश नम्बर २ मा १४.४ प्रतिशत बालबालिकाहरु कडा कुपोषणको मारमा रहेका छन् ।” 

“गर्भवती महिलामा पोषणयुक्त खानाको अभाव, कामको अत्यधिक बोझ, आरामको अभाव र पारिवारिक बेवास्ताका कारण बालबालिकामा कुपोषणको अवस्था पनि भयावह देखिएको छ ।” कार्यक्रम अन्तर्गत जिल्लाका बिभिन्न स्थानमा सर्वोतम पिठो बाड्एिको छ भने कतिपय स्थानहरुमा बाड्ने क्रम जारी रहेको उनले बताए । 

त्यस्तै, आमाहरुलाई तयारी खाना बितरण गर्ने, बच्चाहरुको पाखुराको नाप र वजन लिने काम भइरहेको समेत उनले बताए । 

ग्रामीण भेगका गरिब तथा दलित समुदायका बच्चा खान नपाएर कुपोषणग्रस्त छन् भने शहरी भेगमा सन्तुलन मिलाएर खुवाउने चेतनाको कमीले कुपोषित रहेका प्रमुख डा. दासको भनाई रहेको छ ।

उनले भने “५ बर्ष सम्मका बालबालिकामा गरिएको अध्ययनमा कुपोषण ग्रस्त बच्चाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा असर पुगेको, उमेर अनुसार तौल र उचाई नबढेको पाईएको छ, तसर्थ, कुपोषित बच्चालाई सुपोषित बनाउन अभियान संचालन गरिएको छ ।” कार्यक्रम अन्तर्गत जिल्ला भरीका महिला स्वास्थ्य स्वयंसेविकादेखि स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुलाई कुपोषण व्यवस्थापन र उपचारका बिषयमा तालिम दिईरहेको समेत प्रमुख डा. दासले स्पष्ट गरे ।  

ढिलै भएपनि सिरहा जिल्लाको लागि यो धेरै राम्रो कार्यक्रम रहेको कार्यक्रमका प्रशिक्षक रामानन्द पंडितले बताए । उनले भने “यस्तो कार्यक्रम हुनै पर्ने हो, सिरहा जिल्लामा धेरै बच्चाहरु कुपोषित भएका छन्, बच्चाहरुलाई कुपोषित हुन नदिनका लागि स्वास्थ्य कार्याकर्ताहरुको माध्यमबाट सहजिकरण गर्नुपर्छ ।” यो समस्या खासगरि गरिबी र अशिक्षाका कारण भएकोले बुझाउन सके सजिलै संग कम गर्न सक्ने प्रशिक्षक पंडितले दाबी गरे । 

युनिसेफ र डब्ल्युएफपीको आर्थिक सहयोग, युके एड, रिपब्लिक फ्रान्सिस, ग्लोबल हेल्थ एलाईन्स नेपाल, नेपाल पब्लिक हेल्थ फाउन्डेसन, अस्ट्रेलियन एडको समन्वय र जिल्ला स्वास्थ्य कार्यालय सिरहाको संयोजनमा कार्यक्रम संचालित रहेको प्रमुख डा. दासले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन