३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र आफ्नै शहरमा खसेपछि…

२२ पुष २०७४, शनिबार १०:१४

पुस २२, काठमाडौँ । आफ्नो अनियन्त्रित पारमाणविक कार्यक्रमका कारण विश्वका लागि चिन्ताको विषय बन्न पुगेको उत्तर कोरिया एक पटक आफ्नै कार्यक्रमको शिकार बन्न पुग्यो । 

परीक्षणका क्रममा त्रुटि हुँदा एउटा क्षेप्यास्त्र उत्तर कोरियाली शहरमै खस्यो । ‘दि डिप्लोम्याट’ पोर्टलमा प्रकाशित एउटा विश्लेषणमा त्यसबारे चर्चा गरिएको छ । सम्पादक अंकित पाण्डा र ‘जेम्स मार्टिन सेन्टर फर नन प्रोलिफिकेशन स्टडीज’का अनुसन्धानकर्ता डेभ सिजमर्लरले उक्त विश्लेषण लेखेका हुन् । 

सो विश्लेषणमा जनाइए अनुसार गत एप्रिल २८ तारिखमा उक्त घटना भएको थियो । अमेरिकी सरकारी स्रोतहरूका अनुसार उक्त क्षेप्यास्त्रको परीक्षण ठिक तरिकाले हुन नसकेपछि त्यो आफ्नो क्षेत्रभन्दा बाहिर जान सकेन ।

अंकित पाण्डाले भने, “क्षेप्यास्त्र परीक्षणका लागि तयार पारिएकै बेला इञ्जिनले काम गर्न छाड्यो जसका कारण क्षेप्यास्त्र आफ्नो क्षेत्रभन्दा बाहिर जान सकेन ।” उनले थपे, “क्षेप्यास्त्रमा तरल इन्धन हुन्छ र क्षेप्यास्त्र प्रक्षेपण गर्ने बेला ठूलो विस्फोट हुन्छ । 


यसको प्रमाण हामी भूउपग्रहबाट प्राप्त तस्वीरबाट पाउन सक्छौँ ।” उक्त क्षेप्यास्त्रको परीक्षण विफल हुँदा त्यसबाट हुन गएको नोक्सानीबारे भूउपग्रहबाट प्राप्त तस्वीरका आधारमा चाहिँ लख काट्न गाह्रो छ ।

टोकचोन शहरमा खसेको ह्वासङ-१२ नामक उक्त क्षेप्यास्त्र मध्यम दूरीको थियो । अरू बेलामा जस्तो प्योङयाङले सो क्षेप्यास्त्रबारे कुनै दावी गरेन तर अन्तर्राष्ट्रिय समुदायबाट उसको कडा आलोचना भयो । 

एप्रिलमा पाएको असफलतापछि मेमा दोस्रो पटक गरिएको उक्त क्षेप्यास्त्रको परीक्षण सफल भएको थियो । लगातार परमाणविक परीक्षण गरेका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको कडा आलोचना खेप्दै आएको छ ।

संयुक्त राष्ट्रसंघीय र अमेरिकी प्रतिबन्धका बावजुद उसले आफ्ना पारणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । गत नोभेम्बरमा अन्तरमहादेशीय क्षेप्यास्त्रको परीक्षण गरेको उत्तर कोरियाले त्यसको पहुँचमा पूरै अमेरिका भएको दावी गरेको थियो ।

नयाँ वर्षको शुभकामना दिँदै उत्तर कोरियाली नेता किम जाेन-अनले आफ्नो देशको परमाणु अस्त्रको बटन आफू नजिकै रहेको बताएका थिए । जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमको भन्दा आफ्नो पारमाणिक अस्त्रको बटन ‘धेरै ठूलो’ र ‘झन् बढी शक्तिशाली’ रहेको बताएका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली