३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिमेन्टको मूल्य बढाईयो, कालोजारी गरेको आशंका

२२ पुष २०७४, शनिबार ११:१४

पुस २२, वीरगञ्ज। सिमेन्टको कच्चा पदार्थका रुपमा रहेको क्लिङकरको आयात प्रभावित भएपछि कालोबजारी गरेर बढी मूल्यमा सिमेन्ट बेच्न थालिएको छ ।

नेपाल आउने सिमेन्टको कच्चा पदार्थ क्लिङकर भारतको रक्सौलस्थित रेल्वेमाल गोदाममा अनलोड गर्दा त्यस्को धुलोले प्रदूषण भई मानव स्वास्थमा प्रतिकूल असर पर्ने भनी केही दिनदेखि रक्सौलवासीले अवरोध गर्दा क्लिङकर नेपालतर्फ आयात नभएको मौका छोपी यहाँका विक्रेताले कृत्रिम अभाव सिर्जना गरी स्टकमा रहेको सिमेन्ट बढी मूल्यमा बेच्दै कालोबजारी गर्न थालेको उपभोक्ताको गुनासो छ ।

नेपाल सिमेन्ट उत्पादक संघले भने उत्पादनको लागत बढेपछि मूल्य बढाइएको बताएको छ । घर बनाउनका लागि बजारमा सिमेन्ट किन्न जाँदा व्यापारीले तोकेको मूल्यभन्दा बढी मूल्य भनेकाले सिमेन्ट किन्न नसकिएको गुनासो गर्दै वीरगञ्ज महानगरपालिका–२४ बहुअरीका कपिलदेव यादवले क्लिङकरको अभाव देखाएर स्टक गरेको सिमेन्ट बेच्ने व्यापारीलाई सम्बन्धित निकायले कारबाही गर्नुपर्ने माग गरे ।

व्यापारीले पहिलेदेखि गोदाममा स्टक गरी राखेको विभिन्न ब्राण्डको सिमेन्ट प्रतिबोरा रु १०० देखि १५० सम्म बढी मूल्य राखेर बेच्ने गरेको छ । नेपाली सिमेन्ट उद्योगमा क्लिङकरको अभाव देखिएपछि उत्पादन प्रभावित हुने भएकाले विक्रेताले बढी मूल्यमा सिमेन्ट बेच्दा यसबाट सर्वसाधारण उपभोक्ता प्रभावित हुँदै आएको छ ।

पर्सा र बारामा रहेका १३ वटा सिमेन्ट उद्योगले पहिले कै मूल्यमा सिमेन्ट बिक्री गर्न विक्रेतालाई आग्रह गरे पनि विक्रेताले सिमेन्टको अभाव देखाएर बढी मूल्यमा सिमेन्ट बिक्री गरी उपभोक्तालाई ठग्दै आएको छ ।

सिमेन्टको कच्चा पदार्थ क्लिङकरबाट वीरगञ्ज भन्सार कार्यालयले वार्षिक रु चार अर्ब राजस्व उठाउँदै आएको भए पनि भारतीय पक्ष क्लिङकर आउनमा रोक लगाएपछि अहिले रक्सौलमा स्टक गरि राखिएको पुरानो माल मात्र आउने गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताए ।

क्लिङकरजस्तो खतरनाक प्रदूषणले रक्सौलवासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको भन्दै उनीहरुले क्लिङकर रक्सौलमा अनलोड नगरी सिधा वीरगञ्जको सिर्सिया बन्दरगाहमा अनलोड गर्नुपर्ने माग राखी अवरोध गर्दै आएको छ ।

रक्सौलको रेल्वे साइड छेउछाउको जग्गा नेपाल रेल्वेको हो र त्यहाँ भारतीय अतिक्रमण गर्दै आएकाले नेपाली पक्षले सो जग्गा खाली गराउनु पर्ने वीरगञ्जवासीको माग छ ।

भारतीय पक्षले रक्सौलमा क्लिङकर अनलोड गर्न नदिनुको रहस्य भने वेग्लै रहेको बुझिएको छ । पहिले पहिले भारतीय सिमेन्टको बिक्री नेपालमा बढी हुने गरिन्थ्यो । 

तर नेपालमै सिमेन्ट उत्पादन हुन थालेपछि भारतीय सिमेन्टको माग घट्न थाल्दा नेपाली बजारमा पुनःआफ्नो पकड बनाउन भारतीय पक्षले क्लिङकर अनलोडमा समस्यमा ल्याएको सिमेन्ट व्यापारीहरु बताउँछन् ।

क्लिङकर आयातको समस्याले सिमेन्टको मूल्य बढेको स्वीकार्दै वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा उद्योगी प्रदीप केडियाले समस्या समाधान गर्नतर्फ नेपाल सरकारले ध्यान नदिएकाले यो झन बढ्न सक्छ भने ।

भारतीय रेल्वे सेवा निगमले वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा क्लिङकर पुर्याउने सम्झौता नभएको भनी पन्छिँदै आएको आरोप लगाउँदै वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव माधवराज पालले भने –“भारतीय पक्षले यसमा राजनीतिक गर्न खोजेको छ, जसको कारण नेपाली उद्योग प्रभावित भएको छ ।”

यता वीरगञ्जस्थित सुख्खा बन्दरगाह वरिपरि रहेका बस्तीका बासिन्दाले पनि क्लिङकर सुख्खा बन्दरगाहमा अनलोड गर्दा यहाँ पनि प्रदूषण हुने भनेर विरोध गर्दै आएको छ । 

सिमेन्ट उद्योगीले नेपालगञ्ज, विराटनगर नाका भएर क्लिङकर आयात गर्दा महँगो पर्ने भएकाले रक्सौल नाका भएर क्लिङकर ल्याउनु पर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली