सन्तोषकुमार गुप्ता, भदौ १८, भालुवाङ्ग / थारुवान थरुहटको लामो बन्दले देउखुुरीको जनजीवन झन पछि झन बिकराल बन्दै गइरहेको छ । जसले गर्दा देउखुुरीका व्यापार व्यवसाय, उद्योग कलकारखाना, शिक्षण संस्था पुुर्ण रुपले ठप्प छ भने आर्को तर्फ यस क्षेत्रका बैङ्क र सहकारी संस्थाहरुमा कारोवार समेत ठप्प हुुदा त्यको प्रत्यक्ष मार सेवाग्राहीहरु लाई परेको छ ।
बैङक तथा सहकारी संस्थाहरुमा पैसाको अभाव भए पछि कारोवार ठप्प भएको सम्बन्धीत संस्थाका प्रमुुख बताएका छन् । पसलहरु बन्द हुुदा सहकारी संस्थाहरुले बचत उठान नपाउदा कारावार ठप्प रहेको प्रभात बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शनिराम चौधरीले जानकारी दिए । बैङकहरुमा पैसा जम्मा गर्न आउनेहरु भन्दा झक्न आउनेहरु मात्र रहेकाले पनि यस्तो समस्या आएको वष्र्टन डेभलपमेन्ट बैङकका प्रमुुख श्रीधर अधिकारीले बताए ।
श्रीकृष्ण जन्मअष्टमी, हरितालिका तीज, छठ जस्ता पर्वहरु नजिकिदै गर्दा समेत बन्दकर्ताहरुले आफनो मागलाई मात्र हेरी आम सर्वसाधरण लाई दुुख दिएको स्थानीयहरुले चौतर्फी गुुनासो गरेका छन् । चार्डपर्व लाई चाहिने पैसा बैङक तथा सहकारी संस्था बाट झिक्न नपाउदा आफुुले अहिले सम्म लत्ताकपडा, उपभोग्य खाद्यन्न, गरगहना किन्न नसकेको स्थानीय निर्मला जि.सीले गुुनासो गर्नुु भयो ।
देउखुुरीका प्रमुुख बजार लमही,भालुुवाङ, गढवा सिसहनियाँ पुुर्णरुपमा ठप्प रहदा सवै भन्दा बढीमार व्यवसाय सञ्चालन गरी साझ विहानको छाँक टार्नेहरु लाई परेको छ भने भाँडामा पसल सञ्चालन गर्नेहरुले घर धनीलाई करिव १ महिनाको सटर भाँडा फिरीमा दिनुु पर्ने अवस्था रहेको व्यापारीहरुले बताएका छन् । विभिन्न बाहानामा सडक लाई नै केन्द्र विन्दुु बनाएर गरिने बन्दले देउखुुरी बासीहरु अव आक्रोसित समेत भएको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिनुभएको छ ।