३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नवप्रतिभा निमाविको २१ औँ अभिभावक भेला सम्पन्न

२२ भाद्र २०७२, मंगलवार ०३:२२

सन्तोषकुमार गुप्ता, भदौ २२, भालुवाङ्ग । देउखुरीको लालमटिया—३ स्थीत नवप्रतिभा निम्न माध्यमिक विद्यालय पाखापानीको २१ औँ अभिभावक भेला आईतबार विद्यालयको प्रांगणमा सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष श्यामलाल पोख्रेलको अध्यक्षता एवम् जिल्ला शिक्षा कार्यालय दाङ्गका विद्यालय निरक्षक विनोद गौतमको प्रमुख आतिथ्यमा भएको भेलामा विद्यालयका प्रधानध्यापक मानबहादुर कुमालले बार्षिक शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

शिक्षक फर्सुराम आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक विद्यालयमा पनि गुणस्तरिय शिक्षा प्रदान गर्न शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापन समितीहरु बीच समन्वयकारी भुमिका हुनु पर्ने बताएका थिए ।

उनीहरुले विद्यालय ज्ञान सिप सिक्ने मन्दिर रहेकोले विद्यालयलाई बन्द मुक्त बनाउनु पर्नेमा समेत जोड दिएका थिए । पछिल्लो समयमा थरुहट आन्दोलनको नाममा विद्यालय केन्द्रित आन्दोलनले लाखौँ विद्यार्थीहरुको भविष्य अन्धकार भएको बताउँदै बक्ताहरुले विद्यालय सञ्चालन गर्न दिनु पर्ने र आफ्ना माग शान्तिपूर्ण आन्दोलनबाट सुल्झाउन आग्रह समेत गरेका थिए ।
कार्यक्रममा लालमटिया स्रोत केन्द्रका स्रोत व्यक्ति रामप्रसाद जैसी, सोही स्रोत केन्द्रका पूर्व स्रोत व्यक्ति शेषमणि शर्मा, शिक्षा तथा विकासप्रेमी नुमानन्द सुवेदी र रामजहदी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिप्रसाद श्रेष्ठ लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक टिका पोख्रेलले गरेका थिए ।
भेलाको बन्दसत्रले पुन ः श्यामलाल पोख्रेल कै अध्यक्षतामा ९ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिती सर्व सम्मत चयन गरेको छ । जसको सदस्य सचिवमा विद्यालयका प्रधानध्यापक मानबहादुर कुमाल, सदस्यहरुमा सिता पौडेल, इश्वरीप्रसाद कडेल, ओमबहादुर सारु, निमराज ज्ञवाली, नुमानन्द सुवेदी, गिरीराज पौडेल र शिक्षक प्रतिनिधि कमला पाण्डे रहेका छन् ।

त्यसैगरी भेलाले हुमप्रसाद आचार्यको संयोजकत्वमा ११ सदस्यीय नयाँ शिक्षक अभिभावक संघ चयन गरेको छ । जसको सदस्यहरुमा झगबहादुर कुमाल, टेकबहादुर रावत, उमा भट्टराई, विकास शर्मा, खिमा कुमाल, सिता विक, घमानसिंह रावत, शिक्षक प्रतिनिधि फर्सुराम आचार्य, पदेन सदस्यमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष श्यामलाल पोख्रेल र विद्यालयका प्रधानध्यापक मानबहादुर कुमाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली