२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा कठाङ्ग्रिएर तीनको ज्यान गयो

२०७४, २३ पुष आईतवार ०९:२८

राम नारायण पंडित | पुस २३, सिरहा | बढ्दै गएको जाडो र शितलहरले कठाङ्ग्रिएर सिरहामा तीन जनाको मृत्यु भएको छ । केहि दिनदेखि लगातार चलेको चिसो हावाको कारणले सुरु भएको शीतलहरका कारण सिरहामा एक बालक सहित तीन जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ७ का ५५ वर्षीय रामरतन महतो, गोलबजार नगरपालिका ४ का शम्भु साहका ६ वर्षीय छोरा लभकुमार साह र गोलबजार २ लालपुरका ७० वर्षीय रामप्रसाद महतो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

निजी तथा सरकारी अस्पतालहरुमा रुघा खोकी, जरो, कोल्ड डायरियाका विरामीहरु बढेको जिल्ला अस्पताल सिरहाका प्रमुख डा. चुमनलाल दासले बताए । 

जाडोले जनजिवन प्रभावित

जाडोले सिरहा सहित तराईका जनजिवन प्रभावित भएको छ । सिरहा सहित तराईका जिल्लाहरुमा विगत केहि दिनदेखि एकाएक बढेको जाडोले जनजिवन कष्टकर बनेको छ । 

विहानै देखि वाक्लो हुस्सु संगै चिसो हावा चलेका कारणले जनजिबन थप प्रभाबित हुदैँ गएको छ । जाडो बढेकोले दैनिक दिनचर्या विताउन समेत समस्या भईरहेका छन् । जाडोको कारण सिरहा, सप्तरी, सुनसरी, मोरंग, झापा, धनुषा, महोतरी, सर्लाही, बारा, पर्सा लगायतका जिल्लाहरुको जनजिबन अस्तब्यस्त बनेको छ । 

जाडो बढेपछि खासगरी बालबालिका र वृद्धवृद्धाहरु बढि समस्यामा परेको छ । चिसो बढेसंगै सर्बसाधारणहरु गरम कपडा र आगो ताप्ने व्यवस्था गर्न थालेका छन् । अत्यधिक जाडोका कारण बजारहरुमा न्यानो कपडाको बिक्री बढेको स्थानिय व्यावसायीहरुको भनाई छ । जाडोमा लगाईने ज्याकेट, सुइटर, टोपि, ट्राउजर, हाइनेक लगायतका बाक्लो कपडाहरुको बिक्रि बढेको छ । 

अति आवश्यक काम बाहेक स्थानीय कोही बाहिर निस्कन सकिरहेका छैनन् । अस्पतालहरुमा चिसोका विरामीहरु बढेका छन् ।

जाडोले सिरहाका सामुदायिक बिद्यालय माघ १ गतेसम्मका लागि बन्द 

प्रतिकूल मौसमका कारण सिरहा जिल्लाका सामुदायिक विद्यालय माघ १ गतेसम्मका लागि बन्द गरिएको छ । बढ्दै गएको चिसोका कारण सामुदायिकमा बिद्यार्थीहरुको उपस्थिति कम भएको र आबतजाबतमा समस्या भएको मध्य नजर गर्दै बिभिन्न शिक्षक संघसंगठन र जिल्ला शिक्षा कार्यालयले आज (आइबार) देखी माघ १ गतेसम्मका लागि सामुदायिक बिद्यालय बन्द गर्ने निर्णय गरिएको एकिकृत अखिल नेपाल शिक्षक संगगठन सिरहाका अध्यक्ष प्रमोद सिंहले जानकारी दिए । 

सिरहामा कुल चार सय २३ सामुदायिक विद्यालय रहेको जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ ।

यता, चिसोका कारण सिरहामा सामुदायिक बिद्यालय माघ १ गते सम्मका लागि बन्द गर्ने निर्णय गरेपनि निजि बिद्यालयले संचालनमै रहेका छन् । सिरहामा जाडोले ३ जनाको मृत्यु भइसकेको छ भने चिसोका कारण स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । चिसो मौसमका कारण सर्वसाधारण घरबाट कमै निस्कने गरेका छन् भने निजी विद्यालयका विद्यार्थीहरु जाडोको बेला पनि थर्थर काम्दै विद्यालय जान बाध्य छन् ।

प्रतिकूल मौसममा पनि परीक्षाको नाममा विद्यालय सञ्चालन गरेर केही निजी विद्यालयले स–साना बालबालिकाको स्वास्थ्यमाथि खेलबाड गरिरहेको अभिभावकको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी