पढ्न करिब 1 मिनेट लाग्छ
<p>राम नारायण पंडित | पुस २३, सिरहा |सिरहाको सुखिपुरमा गएराति आगलागि हुँदा लाखौ मोलबराबरको धनमाल जलेर नष्ट भएको छ । सुखिपुर नगरपालिका ४ कबिलासि बस्ने राम अबतार यादबको गोठबाट सुल्केको आगले स्थानिय ५ जनाको घरजलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । <br></p><p>आगलागिमा परि राम अबतार यादब, जय नारायण यादब, आशाराम यादब, राम उद्गार यादब र कारि रामको घर जलेर नष्ट हुँदा १० लाख मोलबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।</p><p>आगलागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।</p>

