२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ दङ्गाग्रस्त क्षेत्र घोषणा मंगलबारबाट सकिदै

२२ भाद्र २०७२, मंगलवार ०४:३२

सन्तोषकुमार गुप्ता, भदौ २२, भालुवाङ्ग / दाङलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको समयावधि मंगलबार आज सकिदैछ । कैलालीको टीकापुर घटनापछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्रको समयावधी आज सकिन लागेको हो ।

सीमाङ्कनको बिरोधका कैलालीको टीकापुरमा गत भदौ ७ गते भएको आन्दोलनका क्रममा नेपाल प्रहरीका एस.एस. बी. सहित ७ जना र एक बालकको मृत्यु भएपछि स्थानीय प्रशासनले भदौ ७ गते साँझ देखि लागु हुने गरी भदौ २२ गते आजसम्मका लागि दाङलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय दाङले आजदेखि दङ्गाग्रस्तको क्षेत्र घोषणाको समयावधी सकिने जनाएको छ । प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले आज दङ्गाग्रस्त क्षेत्र घोषणाको समयावधी सकिन लागेकाले यसको बिकल्पमा नयाँ सुरक्षा रणनीति तयार पार्ने बताउनुभयो । दाङ खबरसँग कुरा गर्दै उहाँले आज दिउँशो ३ बजे सुरक्षा परिषद्को बैठक बसी नयाँ सुरक्षा रणनीति तयार पार्ने जानकारी दिनुभयो ।

दाङमा बन्द खुकुलो बन्दै
थरुहट थारुवान संयुक्त संर्घष समितिलगायतका विभिन्न संघसंगठनहरुले आह्वान गरेको दाङ बन्द आजबाट खुकुलो बन्दै गएको छ । हिजो सोमबारदेखि २४ घण्टे बन्दको आह्वान गरिएको भए पनि आज बिहानैदेखि दाङ उपत्यकाका घोराही, तुलसीपुर, नारायणपुर, बिजौरीलगातका अधिकांश बजारहरु खुलेका छन् । आफ्ना माग पुरा गर्नतर्फ सरकार उदासिन भएको भन्दै गरिएको बन्दबाट देउखुरी भने ठप्प रहेको छ ।

देउखुरीका लमही, भालुवाङ, गढवालगायतका अधिकांश स्थानीय बजारहरु बन्द रहेका छन् । यता हिजो ठप्प रहेको जिल्लाको यातायात क्षेत्र आज बिहानैदेखि सञ्चालनमा आएको छ । जिल्लाका घोराही–तुलसीपुर, घोराही–लमही रुटमा सवारी साधनहरु सञ्चालनमा आएको बताइएको छ ।

दाङको जनजीवन सामान्य बन्दै
बिभिन्न जातीय संगठनहरुले गरेको बन्द खुकुलो हुँदै गएपछि दाङका बजारहरुमा चहलपहल बढेको छ । आज बिहानैदेखि दाङका घोराही, तुलसीपुर, नारायणपुर, बिजौरीलगायतका स्थानीय बजारहरुमा चहलपहल बढेको हो ।

हिजोका दिनहरुमा यातायात सहज नहुँदा बजारमा चहलपहल नहुने भए तापनि आज यातायाताका साधनहरु चलेकाले घोराही, तुलसीपुर, नारायणपुर, बिजौरीलगायतका स्थानीय बजारहरुमा किनमेलका लागि उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिन्छ । तर, देउखुरीका बजारहरु भने फाट्टफुट्ट मात्र खुलेका छन् । यसैबीच मंगलबार बिहानदेखि ज्ल्लिाको यातायात सहज बनाएको यातायात व्यवसायीहरुले जनाएका छन् ।

जिल्लाको घोराही–तुलसीपुर, घोराही–लमही र तुलसीपुर–सितलपुर, तुलसीपुर–पश्चिमका रुटहरुमा यातायातका साधनहरु सञ्चालनमा ल्याएको राप्ती अञ्चल सार्वजनिक यातायात ब्यवसायी समितिले जनाएको छ । आदिवासी जनजाती, मधेसी तथा थारुहरुको संघिय पक्षधरहरुको मोर्चाले दंगाग्रस्त क्षेत्र घोषणा फिर्तासँगै सेना परिचालनलाई रोक्नुपर्ने माग गर्दै हिजोदेखि अनिश्चितकालिन २४ घण्टे दाङ बन्दको आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ