३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा ५ वटा सवारी साधन जुधे, एकको मृत्यु, ४ को अवस्था गम्भिर

२४ पुष २०७४, सोमबार १०:१३

पुस २४, नवलपरासी । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेको ओरालोमा ५ वटा सवारीहरु एकापसमा जुद्दा एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।

घाइतेहरु मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ ।

नवलपरासीको दाउन्नेबाट दुम्किवासतर्फ जाँदै गरेको लु३त ४५०० नम्बरको ट्याक्टरलाई ना४ख ६६९० नम्बर ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट अनियन्त्रित भएको सवारीसाधन एकापसमा थप ३ सवारीमा ठक्कर खान पुग्यो । ठक्कर खाने अन्य सवारीमा  ना३ख ५९३६ को ट्रक, लु३च ५३२२ नम्बरको जीप र ना६ख ५४२९ नम्बरको ट्रक परेका छन् । ट्रकको ठक्करमा परेको ट्रयाक्टरमा सवार ७ जना घाइते भएका छन् ।

दुर्घटनामा परि विनयी त्रिवेणी-२ निवासी ५० वर्षीया भगवती कार्कीको अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

दुर्घटनामा परेकाहरु सबै महिला छन् । उनीहरु घाँसदाउरा गरेर ट्रयाक्टरमा दम्किवासतर्फ र्फकदै गरेको अवस्थामा एक्कासी ट्रकको ठक्करमा परेका हुन्  । घाइते हुनेहरुमा विनयी त्रिवेणी-२ ज्यामिरे निवासी ४५ वर्षीय उदय रोकाय, ४० वर्षीया मीना रोकाय, ५० वर्षीय विष्णु रेग्मी, ४० वर्षीया ज्ञानु तामाङ्ग, ५५ वर्षीया यशोदा ढकाल, ४५ वर्षीया तुलसी परियार र ३८ वर्षीया जितकुमार पौडेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली