2026-07-11 02:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नयाँ संविधानको स्वागतमा लालमटियामा संयुक्त कार्यक्रम

सन्तोषकुमार गुप्ता, असोज ५, भालुवाङ्ग । ऐतिहासिक संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ को स्वागतमा देउखुरीको लालमटियामा गाविस भरिमा त्रियाशिल राजनितिक दलहरु तथा समाजिक सरकारी तथा गैरसरकारी संघसंस्था, उद्योगी व्यवसायहरुले सोमबार लालमटिया बजारमा ¥याली सहित स्वागतसभा गरेका छन् ।

swagat1
नेपालको ७० बर्षको ईतिहासमा पहिलो पटक जननिर्वाचित सभासद्हरुद्धारा घोषणा गरिएको नेपालको संविधान २०७२ को खुशीयालीमा नेपाली काँग्रेस, नेकपा एमाले, एनेकपा माओवादी, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा र राप्रपाले संयुक्त ¥याली तथा स्वागत सभाको आयोजना गरेका हुन् । नेपाली काँग्रेस लालमटिया ईकाई सभापति नुमानन्द सुवेदीको अध्यक्षता एवम् राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथ्यमा भएको संविधान स्वागत सभा बोल्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि लालमोहम्मद मियाँले नेपाली जनताको लामो संघर्ष पछि आफैले बनाएको संविधान घोषणा गर्न पाउनु अहिले सम्मको ठुलो उपलब्धीको बताए ।

उनले जननिर्वार्चित सभासद्हरुले बनाएको यो संविधान पूर्ण जनमैत्री तथा लोकतान्त्रिक भएकोले जनताको सच्चा संवधान भएको समेत बताए । त्यस्तै नेकपा एमाले लालमटिया गाउँ पार्टी अध्यक्ष शोभाकर भुसालले घोषणा गरिएको संविधानलाई अब पूर्ण कार्यान्वयनका लागि सबैको ध्यान जानु पर्ने बताए ।

swagat2

उनले घोषणा गरिएको संविधानलाई पूर्ण लागु गर्न सके मात्र यो संविधानको बास्तविक उपलब्धी हुने बताएका थिए । त्यस्तै एकिकृत नेकपा माओवादी लालमटिया गाउँ पार्टी अध्यक्ष धर्मराज अधिकारीले अहिलेको संविधान जन चाहना अनुरुप आएकोले असन्तुष्ट दलहरु आन्दोलनलाई छोडेर बार्ता र सम्बादबाट माग सम्बोधन हुने बताए । यो संविधानबाट देश आर्थिक सम्बृद्धि तर्फ उन्मुख हुने भएकोले केही बर्षमै देशको अनुहार नै बदलिने बताए ।
त्यस्तै कार्यक्रममा राष्ट्रि«य जनमोर्चा क्षेत्र नम्बर २ का क्षेत्रिय अध्यक्ष केशवराज खनालले संविधानसभाबाटै जनताको संविधान जारी गर्न पाउनु नेपालीको ठुलो उपलब्धी भएको बताउँदै खनालले जारी संविधानमा संघियता र नागरिकता बिधेयक भने राष्ट्रघाती भएकोले खारेज गर्नु पर्ने बताएका थिए । उनले संविधान जारी संगै देशका सबै समस्याहरु हल हुदै जाने समेत बताए ।

राष्ट्रिय जनमोर्चा लालमटिया गाउँ पार्टी अध्यक्ष रमेहमान गुरुङ्गको स्वागत मन्तव्यबाट शुरु भएको स्वागतसभामा नागरिक अगुवा नारायण शर्मा, नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसाल, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद महेश रिजाल, ऐरावती आर्दश बहुमुखी क्याम्पस प्रमुख बिष्णुप्रसाद भुसाल, आर्दश उच्च माध्यमिक विद्यालय लालमटियाका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बुद्धिराम चौधरी, भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी सरिता भुसाल र लालमटिया युवा सञ्जालका अध्यक्ष प्रमोद पौडेलले नयाँ संविधानलाई सबैले स्वागत गदै कार्यान्वयका लागि आवश्यक दबाब दिनु पर्ने भनाई सहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन नेकपा एमाले लालमटिया गाउँ पार्टी सचिव टोपबहादुर झाँक्रीले गरेका थिए । संयुक्त स्वागत सभामा आयोजक राप्रपा नेपाल र राप्रपाको भने उपस्थीति थिएन् । कार्यक्रम स्थलमा ती दुबै पार्टीका न त कार्यकर्ता नै देखिएका थिए न त नेता नै कार्यक्रम स्थलमा नेपालको झण्डा र सहभागी पार्टीका झण्डाहरु देखिएका थिए ।

यस बिषयमा राप्रपा नेपालका लालमटिया गाउँ पार्टी अध्यक्ष बाबुराम मल्लले पार्टीको आन्तरिक काम र स्वास्थ्य अवस्था ठिक नभएको सहभागी हुन नसकेको प्रतिक्रिया दिए । त्यस्तै राप्रपाका केन्द्रिय सदस्य अलिमोहम्मद मियाँले कार्यक्रम स्थल परिवर्तन भईरहेको खबरले हाम्रा पार्टी प्रतिनिधिहरु अन्योलमा परेका कारण त्यहाँ उपस्थीत हुन नसके पनि पूर्ण समर्थन रहेको प्रतिक्रिया दिएका छन् । सभामा गाविस भरिका सयौ नागरिकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला