Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको बतासेमा प्याराग्लाइडिङको सफल परिक्षण

२०७४, २५ पुष मंगलवार १२:१५

चिसाङ शेर्पा/पुस २५, खोटाङ । खोटाङको दिप्रुङ गाउँपालिकामा प्याराग्लाइडिङको सफल परिक्षण गरिएको छ । 

पर्यटन प्रवर्धन गर्दै गाउँमा स्वरोजगारको वाताबरण निर्माण गर्नका लागि दिप्रुङ गाउँपालिकाले मंगलबार बतासेको भीरचुङ्माडाँडाबाट प्याराग्लाइडिङको सफल परिक्षण गरेको हो । 

भीरचुङ्माडाँडाबाट उँडेको प्याराग्लाइडर बतासेकै सुनकोसी किनारमा रहेको सानो भँडारेघाटमा झार्नेगरी प्याराग्लाइडिङको सफल परिक्षण गरिएको दिप्रुङ गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । 

प्याराग्लाईडर प्याराग्लाईडिङ गर्दै । तस्विर: चिसाङ शेर्पा, खोटाङ, सास 

प्याराग्लाइडिङ र ¥याफ्टीङका माध्यमबाट गाउँपालिकामा भित्रिने पर्यटकलाई दिप्रुङ गाउँपालिका–६ छितापोखरी र दिप्रुङ गाउँपालिका–७ टेम्माकोबीचमा रहेको धिप्लुङ झरनासम्म पु¥याउने र ओझेलमा परेको झरनाको पर्यटन प्रवर्धन गर्ने लक्ष्य राखिएको छ । 

बतासेको भीरचुङ्माडाँडाबाट दिप्रुङ गाउँपालिका अध्यक्षसहित एकैसाथ चार वटा प्याराग्लाइडरले प्याराग्लाइडिङ उडान भरेका थिए । पालिका अध्यक्ष राईलाई ओपन स्काई प्याराग्लाईडिङका पाईलट नुरेन राणा मगरले साथमा लिएर उडेका थिए । 

बतासेको भीरचुङ्माडाँडामा प्याराग्लाइडिङको सम्भावना बलियो प्रमाणित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका एटिसी अफिसर मुकेश डंगोलले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ