2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीमै च्याउको बीउ उत्पादन शुरु, बार्षिक ५० हजार बढी पोका बीउ उत्पादन गर्ने

सन्तोषकुमार गुप्ता/असोज ११, भालुवाङ् । देउखुरीमै अब अत्याधुनिक प्रविधिबाट च्याउको बीउ उत्पादन शुरु भएको छ । लालमटिया—५ मौरीघाट स्थीत बहुउद्देश्यीय कृषि तथा च्याउ खेती फर्मले आफ्नो उत्पादन शुरु गरेको हो ।

masrum4

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (रिजम) को आर्थिक सहयोगमा बहुउद्देश्य कृषि तथा च्याउ खेती फर्मले लालमटियाको मौरीघाटमा अत्याधुनिक च्याउको बीउ उत्पादन फर्म सञ्चालनमा ल्याए पछि एक महिना यता देखि च्याउको बीउ उत्पादन शुरु गरेको हो । किसानहरुको माग तथा आवश्यकतालाई मध्यनजर गदै फर्मले कुल ४९ लाख ६९ हजार ७ सय ७८ रुपैयाँ ५० पैसाको लगानीमा र्फम सञ्चालनमा ल्याईएको र्फम सञ्चालक द्रोर्णबहादुर जिसीले जानकारी दिए ।]

masrum

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (रिजम) को २१ लख १ सय ७ सय २२ रुपैयाँ अनुदान र बहुउद्देश्य कृषि तथा च्याउ खेती फर्मका सञ्चालक द्रोर्णबहादुर जिसीको २८ लाखको लगानीमा च्याउको बीउ उत्पादन फर्म सञ्चालनमा ल्याईएको जिसीले बताए । दाङ्ग सहित राप्ती अञ्चल र मध्य तथा सुदुरपश्चिम विकास क्षेत्रका च्याउ उत्पादक किसानहरुलाई सहज, सरल र सुपथ मूल्यमा गुणस्तरिय च्याउको वीउ पु¥याउने उद्देश्यले फर्म सञ्चालनमा ल्याएको हु सञ्चालक जिसीले भने ।

masrum3

यहाँबाट च्याउको बीउ उत्पादन शुरु भयो भने दाङ्ग सहित राप्ती अञ्चलबासी मात्र नभई मध्य तथा सुदुरपश्चिम विकास क्षेत्रका किसानहरुले सहज तथा सरल रुपमा गुणस्तरिय च्याउको बीउ पाउने सञ्चालक जिसीले बताए । फर्मले बार्षिक ४ सय गा्रमको ५० हजार च्याउको बीउको पोका उत्पादन गर्ने लक्ष्य राखेको छ । उत्पादित बीउको फुटकर मूल्य प्रति पोका ६० र थोक मूल्य ५५ रुपैयाँ दररेट समेत निधारर्ण गरिएको सञ्चालक जिसीको भनाई छ ।

masrum2

वीउ बिक्रीबाट एक सिजनमा ३० लाख बढीको आम्दानी गर्ने समेत लक्ष्य रहेको जिसीले बताए । फर्मबाट पहिलो चरणमा कन्य च्याउको बीउ मात्र उत्पादन शुरु गरेको छ । र्फमले यस अघिले उपभोगका लागि च्याउ उत्पादन गदै आएको थियो । फर्ममा दिनहु जसो च्याउ उत्पादक किसानहरु र्फममा आउने गरेको जिसीले बताए । बीउ उत्पादन शुरु गरेको एक महिना बित्न नपाउँदै बीउको माग बढेको बताईएको छ ।

अहिले बीउका लागि देउखुरीका विभिन्न ठाउँ घोराही, तुल्सीपुर, नारायणपुर, छिमेकी जिल्ला प्यूठान, रोल्पा, अर्घाखाँची, कपिलबस्तु र बाँकेबाट समेत अडर आउन शुरु भएको जिसीले जानकारी दिए । अहिले पनि फर्म दैनिक एक सय बढी च्याउको पोका उत्पादन गरेको छ । काक्र्तिक देखि भने किसानहरुको माग अनुसार बीउ उत्पादन गर्ने जिसीको भनाई छ ।

masrum1
मध्यपश्चिममै च्याउको बीउ उत्पादन गर्ने कुनै फर्म नहुँदा च्याउ उत्पादक किसानहरु महँगो मूल्यमा काठमाडौँ तथा पोखराबाट अगुणस्तरिय बीउ किनेर व्यवसायिक च्याउ खेती गर्न बाध्य भएका थिए । देउखुरीको लालमटियाबाटै च्याउको बीउ उत्पादन हुने किसानहरु हर्षित हुनुका साथै दाङ्ग सहित राप्ती अञ्चल र मध्यपश्चिम विकास क्षेत्रका सयौँ च्याउ उत्पादक किसानहरु लाभन्दित हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई