२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कालिका सामुदायिक वनको सार्वजनिक सुनवाई सम्पन्न

१२ आश्विन २०७२, मंगलवार १५:५४

सन्तोषकुमार गुप्ता । असोज १२, भालुवाङ्ग । कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको सातौँ सार्वजनिक सुुनवाई कार्यक्रममा मंगलबार लालमटियाको आफ्नै सभाहलमा सम्पन्न भएको छ ।

समूहका अध्यक्ष जोहरमान मियाँको अध्यक्षता एवम् नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालको प्रमुख आतिथ्यमा भएको सार्वजनिक सुनवाई कार्यक्रममा समूहका सचिव भिमकान्त भुसालले आर्थिक बर्ष २०७१/७२ को ८ लाख २२ हजार ५ सय ६४ रुपैयाँ आम्दानी तथा ८ लाख २० हजार ५ सय २४ रुपैयाँ खर्च र २ हजार ४० रुपैयाँ बचत भएको प्रतिवेदन सार्वजनिक गरेका थिए । समूहकी सदस्य शारदा भुसालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सम्रहको आय व्यय स्पष्ट, पारदर्शी तथा जवाफदेहीयता भए पनि समूह अन्र्तगत रहेको पशुवद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्रले समूहको निर्देशन पालना नगर्ने प्रवृति भने सही नभएको बताएका थिए । उनीहरुले समूह र केन्द्रको आन्तरिक समस्या छलफलबाट समाधान गर्न समेत सुझाब दिएका थिए ।

कार्यक्रममा स्वर्गद्धारी गा्रमिण विद्युत सहकारी संस्थाका अध्यक्ष बिश्वराज आचार्य, वार्ड नागरिक मञ्चका निर्वतमान अध्यक्ष रमेशमान गुरुङ्ग, लालमटिया खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष गुरुप्रसाद ज्ञवाली, भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा समूहका सल्लाहकार हिमाली न्यौपाने, समूकी पूर्व अध्यक्ष मालिका आचार्य, समूहका वर्तमान उपाध्यक्ष बुद्धिराम चौधरी, पत्रकार सन्तोषकुमार गुप्ता, उपभोक्ताहरु जुम्मन मियाँ र आत्माराम पोख्रेलले शुभकाना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहर्जीकरण नर्ती सामुदायिक वन समन्वय समितीका सहर्जकर्ता बिन्तीराम चौधरीले गरेका थिए भने कार्यक्रमको सञ्चालन समूहका सचिव भिमकान्त भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता