Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अपाङ्गता भएका व्यक्तिको पहुँच विकासका लागि प्रतिबद्ध छु– मनोहर वि पौडेल(भिडियो सहित)

२०७४, २६ पुष बुधबार ०५:४८

पर्वत । अपाङ्ग उत्थान समाज पर्वतको आयोजना तथा आएएसएफको आर्थिक सहयोगमा अपाङ्गता र समावेशी विकास सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाका साविक गाविस कटुवाचौपारी, आर्थरडाँडाखर्क, तिलाहार, राम्जादेउराली, पकुवा र पिपलटारीमा आफ्नो कार्यक्रम संचालन गरेको आइएलएफ पोखराले जिल्लामा अपाङ्गगता भएका व्यक्तिहरुलाई समावेशी गर्नको लागि आवश्यक प्रक्रिया र सम्भावनाको अध्ययन गर्नको लागि अपाङ्ग उत्थान समाजको सहकार्यमा सरोकारवाला निकायहरुसँग परामर्श तथा अनुशिक्षण कार्यक्रम गरेको हो ।

कार्यक्रममा सहभागीहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई अझै पनि समान अधिकार प्राप्त हुन नसकेको बताएका छन् । सरकारी भवनहरु अपाङ्गमैत्री हुनु नसक्नु असमानताको पहिलो उदाहरण भएको सरोकारवाला निकायका व्यक्तिहरुले बताएका छन् ।

जिल्लामा धेरै संख्यामा अपाङ्गता भएका व्यक्तिहरु रहेको तर अझै पनि परिवारले लुकाएर राखेका कारण पनि बाहिर आउन नसकेको सहभागीहरुले बताए । अपाङ्गता भएका व्यक्तिहरुलाई अझै पनि परिवारले बोझका रुपमा लिने गरेकोले पनि कतिपय अपाङ्गता भएका व्यक्तिहरु राज्यको सेवाको पहुँचमा हुन नसकेको जनाएका छन् ।

जिल्ला समन्वय समितिका संयोजक मनोहरि वि. पौडेलले सदरमुकाम केन्द्रित भएर काम गर्न भन्दा पनि स्थानीय निकायहरुसँग समन्वय गरी दुर्गम क्षेत्रमा पनि कार्यक्रम गर्नको लागि आएएलएफलाई सुझाएका छन् । उनले अपाङ्गता भएका व्यक्तिहरुसम्म पहुँच र विकास पु¥याउनको लागि आफू प्रतिबद्ध भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली