Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

कतारबाट फर्केका दुई युवाको लागत रकम मेनपावरले फिर्ता गर्यो

२०७४, २६ पुष बुधबार १३:३४

चिसाङ शेर्पा/पुस २६, खोटाङ । कतारबाट स्वदेश फर्केका खोटाङका दुई युवाले बिदेश जाँदा बुझाएको लागत रकम फिर्ता पाएका छन् । 

मेनपावरले भने बमोजिम काम र तलब नपाउँदा घर फर्केका रुपाकोट मझुवागढी नगरपालिका–३ खाल्ले डाडाँछापका राजेन्द्र खड्का र कर्ण खड्काले वैदेशिक रोजगारीमा जाँदा लागेको रकम जनही ७० हजारका दरले मेनपावर कम्पनीबाट फिर्ता पाएका हुन् ।

दश महिना अघि कतारको स्नो ह्वाईट कम्पनीमा कारवासको काममा भनेर पठाइएका खड्काद्वयले त्यहाँपुगेपछि जे आइपर्छ सोही काम गर्न बाध्य बनेका थिए । सोही बमोजिम काम गर्दा पनि ९ महिनासम्म २ महिनाको मात्र तलव पाएपछि दुवै जना गत मंसिरमा नेपाल फर्कनुभएको थियो ।

नेपाल फर्केपछि जव लिंक मेनपावार कम्पनीलाई आफूहरुलाई पठाउँदा तिरेको रकम फिर्तागरिदिन आग्रह गरेका थिए । सुरुमा मेनपावर कम्पनीले रकम फिर्ता गर्न आलटाल गरेपछि सदरमुकाम दिक्तेलस्थित सुरक्षित आप्रवासन, सुचना तथा परामर्श केन्द्रमा रकम फिर्ता गराइदिन निवेदन दिएका थिए । 

मेनपावर कम्पनीलाई रकम तिरेको कुनै भर्पाई नभएपनि आइएमई मार्फत रकम पठाएको भौचरका आधारमा सुचना केन्द्रले रकम फिर्ता गराउन पहल गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी