१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

मुड्केचुलामा भिषण आगलागि सात घर जलेर नष्ट, सांसदद्धारा तत्काल राहत दिने घोषणा

२६ पुष २०७४, बुधबार १६:०९

टेक शाही | पुस २६, डोल्पा | मुड्केचुला गाउपालीका बडा नं ९ होर्तमा बुधबार दिउसो आगालागी हुदा ७ घर जलेर खरानी भएका छन । दिउसो एक्कासी घरमा आगो लागे पछि लाखौको क्षेति भएको स्थानिय तथा सोही बडाका अडा अध्यक्ष जय प्रशादबुदाले बताए । 

आगलागिबाट घर जलेर नष्ट हुनेमा मुड्केचुला वडा नं ९ होर्तका नैन सिंह बुढा , दत्त बुढा , मसन्ती बुढा , कर्ण गीरी बुढा सोही बडाका पुर्ण बुढाको घर पुर्ण रुपमाआगोले जलेर नष्ट भएका छन र त्यसै गरि अहिले पनि आगो नियन्त्रण हुन सकेको छैन । 

आगो नियन्त्रणमा ल्याउन नसकदा सोहि बडाका बिसे बुाढा , सुर्य बहादुर बुढा , पिपला बुढा , रामबहादुर बुढा र पुम्फा बुढाको घरहरु जल्दै गरेको स्थानियले जानकारि दिएका छन  । 

आगलागीबाट दर्जनौ घरहरुमा क्षेति पुगेको हुन सक्ने अनुमान गरिएको छ । आगलागीबाट घर गुमाएका परिवारलाइ तत्तकाल ब्यक्ति गत राहात उपलब्ध गराउने प्रदेश सांसद बिर बहादुर शाहीले घोषणा गरेका छन । सांसद शाहीका अनुसार सबै मिलेर आगो नियन्त्रण गर्न र क्षेतिको बिवरण तत्तकाल निकाल्न जनप्रतिनिधिलाइ आग्रह गरेका छन ।  

आगो नियन्त्रणको लागी प्रहरी चौकी सर्मीका सुरक्षाकर्मीहरु , मुड्केचुला वडा नं ७ सर्मी बडा नं ८ ओक्टका स्थनिय बासिन्दाहरुले  एक करोड भन्दा बढीको क्षति भएको हुन सक्ने वडा अध्यक्ष जय प्रसाद बुढाले जानकारि दिए । 

सुख्खा मौसम र खडेरिको कारण आगलागि भएको अनुमान गरिएको छ । आगलागिबाट यकिन कति क्षेति भएको आधिकारीक बिवरण भने आउन बाकी रहेको र हाल तत्काल प्रहरी उद्धारको लागी पुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव निरीक्षक यम बहादुर मल्लले जानकारी दिए । 

गाउ भित्र नै आगो लागे पछि कसरी आगलागी भयो भन्ने कुराको पुष्टि भने भएको छैन । गाउ र घरहरुको नजिकै घास दाउरा र खरहरु रखिएकोले आगो नियन्त्रणमा ल्याउन नसकेको स्थानीयहरुले बताएका छन । 

आगलागी सुरुमा नैन सिह बुढाको घर देखीएक्कासी ठुलो आगो देखिए पछी आगो नियन्त्रणको लागी स्थानिय बासिन्दहरुले छिमेकी र सरक्षाकर्मीहरुलाइ खबर गर्दा पनी आहिले सम्मआगो नियन्त्रण गर्न सकेका छैनन । 

यो आगलागी बाट होर्त गाउमा ठुलो क्षतिभएकोले जिल्लामा रहेका सरोकारवाला नियकाय र सहयोगी संघ संस्थाहरुलाई तत्काल घर जलेर पुर्ण रुपमा बिस्तापित भएका घर परिबारलाई सहयोग गरी पुर्ण स्थापनाको लागीपहल गरी दिनको लागी सबै सरोकारवाला निकाया सबैलाई बडा अध्यक्षजय प्रशाद बुढाले आग्रहगनुभएको छ । त्येस्तै त्रिपुरा सुन्दरी नगरपालीकाअन्तरगत पहाडामा पनी घरहरु जलेको अपुष्ट खबर आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो