३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

दोस्रो छाउपडी गोठमुक्त गाउँ घोषणा गरिँदै

२७ पुष २०७४, बिहीबार १७:३७

दान बहादुर बुढा/पुस २७, मुगु । महिला हिंसाको मुख्य जराको रुपमा रहेको छाउपडी प्रथा उन्मुलनका लागि जिल्लामा दोस्रो गाउँलाई छाउपडी गोठ मुक्त गाउँ घोषणा गर्न लागिएको छ ।

सरकारी तथा गैर सरकारी कार्यालयको लामो प्रयास पछि छायानाथ रारा नगरपालिका वडा नम्बर ३ मा पर्ने माथी तुम गाउँलाई छाउपडी गोठ मुक्त गर्ने निर्णय गरिएको ३ नम्बर वडा कार्यालयका अध्यक्ष नरबहादुर रावलले जानकारी दिए । 


महिला तथा बालबालिका कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय छायानाथ रारा नगरपालिकाको समन्वय तथा हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको सहजीकरणमा तुम गाउँका ३६ घरधुरी घरको दोस्रो तलामा सुरक्षित कोठा बनाएर महिनावारी भएका छोरी बुहारी, किशोरीलाई बस्ने व्यवस्था गरेका र अहिले कुनै पनि घरमा महिनावारी भएका महिला गोठमा नबस्ने अवस्था देखिएकाले आउने माघ दुई गते यो गाउँलाई छाउपडी गोठ मुक्त गाउँ घोषणा गर्ने तयारी भई रहेको गोठमा बस्नुहुन्न रोग लाग्छ,हामी महिला असुरछित भईन्छ भन्ने कुरा महिला दिदी बहीनिमा आत्मबाट खुलेर आउनु प्रयो बजार बाट किनेर प्याड बजाउनको लागी आफ्नो हिरिसडेक सस्था आएर बनाउन सिकाउन्छै, हिरिसडेक मुगुका महिला मानव अधिकार कार्यक्रम अधिकृत सञ्जु तिमिल्सिनाले जानकारी दिईन । २०७१ सालमा मध्य पश्चिममा नै पहिलो पटक साविकको रोवा गाविसको सोभा गाउँलाई छाउ गोठ मुक्त गाउँ घोषणा गरिएको थियो । 

अहिलेसम्म आई पुग्दा नगरपालिकाका अधिकाँश गाउँ वस्ति छाउगोठ मुक्तको तयारीमा रहेको तिमिल्सीनाको भनाई छ । 

 दोस्रो छाउपडी गोठ मुक्त तुम गाउँ अन्य गाउँ भन्दा स्वास्थ्य र सरसफाईको क्षेत्रमा निकै राम्रो देखिएको तथा महिनावारी भएका महिलालाई घरमा नै बस्ने सुरक्षित कोठाको व्यवस्था गरिएका छन हिरिसडेक सस्थाले सरसफाईका सामान दिएको छ ,पहिला छुई भएको बेला प्याट प्रयोग गरेका थिएनै हिजा आज बजार बाट प्याट किनेर ल्याएर प्रयोग गने गरेका छौ छुई वा पर सरेको समयमा पोषीले खाने कुरा खाने गरेका छौ भौसीको दुध,दही,ध्यू खाने गरेका छौ गाईको दुध,दही,ध्यू गाईलाई लक्ष्मी देवता मानेर छुई भएको समयमा नखाने गरेको सुरछीत छाउ गोठमा बसेकी हिरादेबी काकीले बताएकी छन ।


पहिले घरका महिला, छोरी बुहारी महिनावारी हुँदा घिऊ, दहि, दुध , मह नदिने , फलफुलका वोट छुदा पाप लाग्ने, गाई छुन नहुने , घरको जग छुँदा समेत देवी देउता रिसाएर अनिष्ट हुन्छ भन्ने गलत सोचका कारण घर भन्दा अलगै सात दिनसम्म बाहिर बसाल्ने स्थानीयवासीले अहिले महिनावारी हुँदा घर भित्रै राख्ने गरेको छ भने सरकारको कानुन अनुसार जानु पर्ने हुन्छ स्थानीय झाँक्रि ५६ वर्षका चन्द्रबहादुर रावलले बताए ।  

माथी तुम गाउँलाई  छाउपडी गोठ मुक्त गाउँ घोषणा गर्न सरकारी तथा गैर सरकारी निकायले महत्वपुर्ण भुमिका खेले जस्तै अव यो गाउँलाई पुर्ण साक्षर गाउँ घोषणा गर्ने अभियान तर्फ केन्द्रीत हुनु पर्ने देखीन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली