Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिरहामा सैनिक श्रीमती संघद्वारा कम्बल वितरण

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २८, राजविराज । ब</b>ढ्दो शीतलहरले जनजीवन कष्टकर बन्दै गइरहेको अवस्थामा सैनिक श्रीमती संघद्वारा सप्तरीको महादेवा गाउँपालिका–६ ढिकुलीमा १५० परिवारलाई बिहीबार कम्बल वितरण गरिएको छ ।&nbsp;</p><p>पूर्वी पृतनाका पृतनापति उपरथी ईश्वर हमाल, २७ वाहिनी अड्डाका वाहिनीपति अशोक सिग्देल, महदेवा गाउँपालिकाका अध्यक्ष दीपककुमार यादवको उपस्थितिमा सो कम्बल वितरण गरिएको हो ।&nbsp;</p><p>त्यस्तै संघकी सदस्य रोशनी हमाल र निता सिग्देलको सक्रियतामा तथा नेपाली सेनाका डा विनिता महतको सहयोगमा सो गाउँपालिकाका ३५० जनालाई निःशुल्क स्वास्थ्य जाँच गरी औषधिसमेत वितरण गरेको निमित्त गणपति सेनानी चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।&nbsp;</p><p>जाँच गरिएकामध्ये करिब ८० प्रतिशतमा चिसोसम्बन्धी समस्या देखिएको उहाँले बताउनुभयो । रासस</p>