१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

लिफ्ट प्रविधिबाट अब म्याग्दी नदीको पानी खबरामा

२८ पुष २०७४, शुक्रबार ०९:४७

 कमल खत्री \ पुस २८ म्याग्दी |  बेनी नगरपालिका २ खबरामा निर्मित ‘लिफ्ट प्रविधि’को सिँचाइ आयोजना सञ्चालनमा आएको छ । राधाकृष्ण कृषि सहकारी संस्थाले कृषि विकास कार्यालयको अनुदान सहयोग, समुदायको श्रमदान र थप रकम समेत जुटाएर लिफ्ट सिँचाइ आयोजना निर्माण गरेको हो । तरकारी खेतीको पकेट क्षेत्र खबरामा “लिफ्ट” प्रविधिको आयोजनामार्फत हाँडेभिरस्थित म्याग्दी नदीको किनारबाट पानी तानेर सिँचाइ सुविधा पु¥याइएको हो । 

सो आयोजनाको गएको आइतबार प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभएको हो । करिब एक वर्षको अवधिमा निर्माण भएको सो आयोजनाबाट तरकारी खेतीमा आबद्ध स्थानीय कृषकलाई राहत मिलेको छ । 

कूल रु १८ लाख खर्च भएको यस आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्ला कृषि विकास कार्यालयले दश लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । त्यस्तै, रु ४ लाख बराबरको श्रमदान समुदायबाट गरिएको र रु ४ लाख रुपैयाँ ऋण खोजेर आयोजना सम्पन्न गरिएकोे उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताउनुभयो । 

अहिले लभ्ली हिलको नजिकै पु¥याइएको पानीलाई संकलन केन्द्रमार्फत दोस्रो चरणको लिफ्ट प्रविधिको सहायताले खबराका अधिकाँश सर्वसाधारणको पहुँचमा पु¥याउने योजना रहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । लभ्ली हिलको पुछारमा रहेको हाँडेभिरस्थित म्याग्दी नदी किनारमा दश मिटर गहिरो इनार बनाइएको छ । सो इनारबाट विद्युतीय उपकरणको सहायताबाट पानी तानेर २५० मिटर माथि लभ्ली हिलको डाँडामा पानी पु¥याइएपछि स्थानीयबासी हर्षित बनेका छन् । 

इनारदेखि पाँच सय मिटर ६० एमएमको पाइपबाट लभ्ली हिलमा पु¥याइएको पानी रिजर्भ टंकीमा संकलन गरेर वितरण गर्ने व्यवस्था मिलाइएको छ । पानी तान्न २० हर्स पावर क्षमताको पम्प जडान गरिएको र प्रतिघण्टा १० हजार लिटर पानी तान्न सक्ने क्षमता रहेको सो आयोजनाका प्रविधिज्ञ कृष्ण खत्रीले बताउनुभयो । 

यस आयोजनामा पानी खोल्न र बन्द गर्न मोबाइल एप्सको प्रयोग गरिएको छ । पानी खोल्न र बन्द गर्न खोलामा पुग्नुपर्ने झण्झटबाट मुक्त हुन मोबाइल एप्समार्फत (अन÷अफ) खोल्ने र बन्द गर्ने प्रविधि जडान गरिएको हो । हालै मात्रै नेपालमा भित्रिएको लिफ्ट सिँचाइको प्रयोजनका लागि लिफ्टिङ आयोजनामा मोबाइलमार्फत पानी खोल्ने र बन्द गर्ने प्रविधि धौलागिरिमै पहिलो रहेको प्रविधिज्ञ खत्रीको दाबी छ । 

मोबाइल एप्समा सेटिङ मिलाएपछि अन बटन थिचेको करिब १० सेकेन्डमा पानी आउने र अफ बटन थिचेको करिब ६ सेकेण्डमा पानी बन्द हुने भएकाले उपभोक्ताहरुलाई यो प्रविधि बढी लाभदायी हुने विश्वास गरिएको छ । अहिले लभ्ली हिल नजिकै पु¥याइएको पानीलाई दारिमपाटासम्म पु¥याएर थप विस्तार गर्ने उपभोक्ता समितिले जनाएको छ । ब्यावसायिक तरकारी खेतीका हिसाबले प्रशस्त सम्भावना बोकेको खबरामा सिँचाइको समस्या समाधानका लागि कृषकहरुले म्याग्दी नदीको पानीलाई आधुनिक लिफ्ट प्रविधिमार्फत गाउँमा पु¥याउन सफल भएका हुन् । 

फेदीको पानी डाँडामा पुग्दा कृषकहरु समेत दंग छन् । बेनी बजार नजिकै रहेको यस गाउँमा लिफ्ट प्रविधि मार्फत सिँचाइ पुगेपछि यहाँका कृषकहरुले तरकारी खेतीतर्फ थप उत्साहित भएर लाग्ने प्रतिकृया दिएका छन् । 

जिल्लाका अन्य धेरै क्षेत्रमा सिँचाइको मार खेपेका कृषकहरुको लागि पनि गाउँदेखि तल भएर बग्ने खोलाहरुबाट पानी तानेर सिँचाइ गर्ने लिफ्टिङ प्रविधि उपयोगी बन्ने देखिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ