२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

खिचडी महोत्सव तथा थारू सास्कृतिक झमटा कार्यक्रम सुस्तामा सुरु

२०७४, २८ पुष शुक्रबार ११:११

श्याम थापा/पुस २८, सुस्ता । इतिहास भाषा कला सास्कृतिक इहे हखई हमार पहिचान,फरल फुलल खिचडी महोत्सव इहे हखई हमनीके शान यहि मुल नाराका साथ थारु जातीहरुको महान चाड खिचडी महोत्सवको अवसरमा २ दिने थारू सास्कृतिक झमटा कार्यक्रम नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाको वार्ड न २ गुदरियामा सुरु भएको छ । 

जनकल्याण टोल बिकास समिति,नवदुर्गा आमा समुह,जय मा कुवारवर्ती कन्या समूह सुस्ता गाउँपालिका वार्ड न २ गुदरियाको संयुक्त आयोजनामा भएको हो । 


जयमा कुवारवर्ती कन्या समुहका अध्यक्ष सुनिता महतोको अध्यक्षयतामा र सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको प्रमुखअतिथ्यतामा भएको थारु सास्कृतिक झमटा कार्यक्रममा थारु जातीहरुले खेतीपाति तथा घरायसी कार्यमा प्रयोग गर्ने औजार र थारु जातिको पोसाकहरुको प्रदर्शन पनि गरिएको छ । 

थारु जातिहरुको महान पर्व माघी खिचडीमा खाने खानाहरु  घोङगी,चिचर,माछा र सोजुवा रोटी लगायतको खानेकुराहरूको पनि कार्यक्रममा प्रदर्शन गरिएको थियो । सो थारु सास्कृतिक झमटा कार्यक्रममा करिब २५ वटा झमटा ग्रुपको सहभागी रहेको आयोजकले जनाएको छ । 

त्यसैगरी झमटा कार्यक्रममा पत्रकार आरपी उपाध्याय,महेन्द्र मा बि कुडियाका प्र अ भुपनारायण चौधरी,समाजसेवी राम प्रसाद आर्याल,साविक कुडिया गाबिसका पुर्व अध्यक्ष प्रेम चन्द्र गुप्ता,साविक त्रिबेणि सुस्ता गाबिसका पुर्व अध्यक्ष टेक नारायण उपाध्याय,सुस्ता गाउँपालिका वार्ड न २ का वडा अध्यक्ष किशन लाल मुखिया र सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्र कुमारी थरुनी लगायतले थारु जातिहरुको सास्कृतिक जोगाउनका लागि अब युवा पुस्ताहरुले ध्यान दिनु पर्ने बक्ताहरुको जोड रहेको थियो । 

साथै थारु जातिहरुको कला र सास्कृतिकको बिकास गर्नको लागि सुस्ता गाउँपालिकाले विभिन्न गुरु योजना बनाई पहल गर्ने सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले प्रतिबद्धता गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै