१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा पहिलोपटक आङ खस्ने महिलाहरुको पहिचान गरिँदै

२८ पुष २०७४, शुक्रबार ११:२८

टेक शाही/पुस २८, डोल्पा । डोल्पा जिल्लामा पहिलो पटक आङ खस्ने महिलाहरुको पहिचान गरिदै छ ।

दुर्गम तथा हिमाली जिल्लाको महिलाको आङ खस्ने समस्या बढ्दो क्रममा हुन सक्ने भन्दै वातावरणीय कृषि तथा बिकास केन्द्र(केड)ले तथ्याङ्क संलन गर्न लागेकोे छ । 


महिलाहरुको आङ खस्ने सम्बन्धी अन्तरक्रीया कार्यक्रममा महिला शसक्तीकरण केन्द्र डोल्पाले डोल्पामा २० प्रतिशत महिलाहरु आङ खस्ने रोगबाट ग्रसित रहेको तथ्याक सार्वजनीक गरेको हो । 

साविकको ५ वटा गाविसहरु त्रिपूराकोट, ल्हां, सुँ,शहरतारा, जुफाल र दुनैका करिव २ सय ५० घरधुरीमा सर्वेक्षण गर्दा २० प्रतिशत महिलाहरु आङ खस्ने रोगबाट पिडित रहेको महिला शसक्तीकरण केन्द्र डोल्पाकी कोषाध्यक्ष काली चलाउनेले बताइन । 

वातावरणीय कृषि तथा बिकास केन्द्र(केड)ले आर्थिक सहयोग गरि स्थानीय संस्थाहरुसंग मिलेर काम गर्ने केड डोल्पाका संयोजक उमाकन्त भुषालले जानकारि दिए । उनका अनुसार महिलाको सवालमा महिला शसक्तीकरण केन्द्र डोल्पाले तिव्र रुपमा काम गरेको बताए । उनले भने जोडीदार सामाजीक सहजकर्ता पनि भएकोले महिलाको आङ खस्ने रोगको पहिचान गर्न सहज हुने बताए । 

महिला शसक्तीकरण केन्द्रबाट जोडीदार सहजकर्ता राखिएको छ उनिहरुले आङ खस्ने रोग भएका महिलाहरुको पहिचान गर्ने काम गर्दछन कोषाध्यक्ष कालि चलाउनेले भनिन । उनका अनुसार जाडीदार महिला छन महिनाको ५ दिन प्रति दिन ८ सयका दरले पारिश्रमिक दिने र उनिहरुले महिलाहरुलाइ सुसुचित गर्ने पनि बताइन । 


घरघरमा गएर महिलाहरुलाइ उनका समस्याहरु बारे जानकारि लिन कठिन हुने जोडी सहजकर्ता एलिना बिश्वकर्माले बताइन । उनले भनिन अबत सजिलो हुदै गएको छ दाउरा,मेलापात,चाडवाडमा एक्लै हुदा भन्ने गर्दछन समाजमा भन्न लाज मान्ने गरेको बताइन । 

हिमाली जिल्ला र शिक्षाको कमिको कारण पनि डोल्पाका महिलाहरुमा आङ खस्ने रोगको समस्या धेरै भएको अर्कि जोडी सहजकर्ता धनचन्द्रा सार्कीले अनुभब सुनाइन । उनी भन्छीन पौष्टिक आहार पनि छैन काम नगरि सुख छैन बाध्यता रहेको छ । पहिले पहिले महिलाहरु लाज मान्ने गर्थिन अब त सजिलै भन्न सक्ने भइ सकेकीले आङ खस्ने रोग सम्बन्धी जानकारी दिन सहज भएको बताइन । 


डोल्पा जिल्लामा पहिलो पटक महिलाहरुको स्वास्थयलाइ मध्यनजर गरि आङ खस्ने रोग सम्बन्धी खोजमुलक काम गर्न लागेको केड डोल्पाका लिला टमट्टाले जानकारि दिए । उनका अनुसार जिल्ला स्वास्थ्यसँग सहकार्य गरेर काम गरेको र सूरुवातीमा रहेका छौ जिल्लामा यस्ता रोगबाट ग्रसित महिलाहरुको संख्या धेरै नै हुने बताए । पहिचान पछि चेकजाच गरिने र तराइका जिल्लामा निःशुल्क उपचार गरिने पनि बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल