२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा सवारी इन्धनको चरम अभाब

१६ आश्विन २०७२, शनिबार ११:२५

dang 5
सन्तोषकुमार गुप्ता/ असोज १६, देउखुरी ।  
एक हप्ता देखी नेपाल भारतको नाकाबन्द हुदा दाङमा पेट्रोलिम पदार्थको चरम अभाब भएको छ । मधेसी दलहरुको घोषित नाकाबन्दीमा भारतले पनि सघाउदा इन्धन प्रयाप्त मात्रामा भित्रन नसक्दा त्यसको चरम अभाब भएको हो । इन्धन भएका पेट्रोल पम्पहरुबाट जिल्ला प्रशासन कार्यालयको कुपनले मात्रै सिमित तेल वितरण गरिएको छ ।

त्यो पनि सबैले पाएका छैनन् । एम्बुलेन्स, सुरक्षा निकाय, बस, स्कुल गाडिले मात्रै डिजेल पाएका छन् । दुई दिन पहिले आएको २४ हजार लिटर डिजेल शुक्रबार सकिदै छ । जिल्लाका ८ वटा पेट्रोल पम्पबाट अत्याबश्यक सवारीका साधनलाई एक हप्ताका लागि कुपन मार्फत सिमित डिजेल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले जानकारी दिए । ववि डिजल्स भैसाही, अरुणोदय व्यापार सेवा घोराही, के.एस.एम. टे«र्डस घोराही, नेहा इन्टरप्राईजेज घोराही, हाम्रो पहँुच सहकारी संस्था तुलसिपुर, जिफिक मज्गै, मृणल तुलसिपुर र तुलसी व्यापार सेवा तुलसिपुरबाट सिमित मात्रामा डिजेल विक्रि भैरहेको छ । दुई दिन देखी पेट्रोलियम पदार्थ नआउदा यी पेट्रोलपम्बहरुमा पनि शुक्रबार देखी सकिदै छ । उक्त पम्पहरुका प्रत्येकमा ५÷६ सय लिटर मात्र बाँकी रहेको सञ्चालकहरुको भनाई छ । शुक्रबार थप अत्याबस्यक भएका साधनलाई मात्रै बितरण हुने र शून्यको अबस्था भने आउन नदिने प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए । उता नेपाल आयल निगम इन्धन डिपो तुलसिपुरले १ सय २० हजार लिटर डिजेल, ५२ हजार लिटर पेट्रोल र २४ हजार लिटर मट्टीतेल नेपालगञ्ज कार्यालयमा माग गरेको जनाएको छ । डिपो तुलसिपुरका प्रमुख सुजित पोख्रेलले दाङका लागि उक्त इन्धन जिल्ला प्रशासन कार्यालय दाङ र बाँके बिचमा समन्वय भैरहेको र पर्सि आईतबार सम्म आउने बताए । दाङमा हप्तामा ४० हजार लिटर पेट्रोल र डिजेल दैनिक ४० हजार लिटर खपत हुने गरेको बताए ।
dang 3
पेट्रोल थोपा पाईदैन
अझै दुई चार लिटर डिजेल जसोतसो पाउने गरेपनि पेट्रोल भने थोपा पाईदैन दाङमा । दुई दिन देखी पेट्रोल पनि पाईन छाडेको हो । नाकाबन्दीको हल्ला सँगै सवारी सञ्चालकहरुले आबश्यकता भन्दा बढी सञ्चय गर्दा छिटो तेलको अभाब सृजना भएको हो । जरकीन र ग्यालिन भरेर केही सवारी सञ्चालकहरुले घरमा सञ्चय गरेका छन् ।
dang 1
इन्धन नहुदा गाडि कम चले
पेट्रोलियम पदार्थको अभाब सँगै सवारीका साधन सञ्चालनमा ५० प्रतिशत कमी आएको छ । नाकाबन्दी खुल्ने अनिश्चित बन्दै जादा अहिले दाङका सडकहरुमा गुड्ने गाडिको संख्यामा ५० प्रतिशतले कमी आएको छ । केही सञ्चय गरेर राखेका सवारी सञ्चालकहरुले गाडि चलाए पनि तेल नहुनेका गाडि घर र ग्यारेजमा थन्कीएका छन् ।
dang 6
dang 2

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा