२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीमा अझै यातायात ठप्प, ठाउँ—ठाउँमा गाडी रोकिए

१७ आश्विन २०७२, आईतवार १०:०७

सन्तोषकुमार गुप्ता, असोज १७, भालुवाङ्ग । थरुहट स्वायत्त प्रदेशको माग गर्दै आएको थारुहरुको जातिय संगठनले जारी राखेको बन्दले आईतबार पुन देउखुरी क्षेत्रमा यातायात सेवा ठप्प छ । साउन २७ गते देखी थरुहट(थारुवान संयुक्त संघर्ष समितिले आह्वान गर्दै आएको बन्दका कारण देउखुरी क्षेत्रमा गाडि चल्न सकेका छैनन् ।

एक महिना सम्म सबै क्षेत्र बन्द गर्दै आएको बन्दकर्ताहरुले पछिल्लो केही दिन देखी राजमार्गमा गाडि सञ्चालनमा रोक लगाएको छ । नयाँ संबिधानमा आफुहरुको अधिकार स्थापित हुन नसकेको र राज्य पूर्नःसरचना गर्दा चितवन देखी कन्चनपुर सम्मको थारु बहुल क्षेत्रलाई थरुहट स्वायत्त प्रदेश बनाउनु पर्ने माग गर्दै संघर्ष समितिले बन्द आह्वान गर्दै आएको छ ।

बन्दका कारण देउखुरी क्षेत्रमा गाडिहरु चल्न सकेका छैनन् । फाट्ट फुट्टरुपमा चलेका सवारीका साधनलाई प्रहरीले सुरक्षा दिएर गन्तव्य तर्फ पठाउदै आएको छ । गाडी नचल्दा काम बिषेशले हिडेका यात्रुहरुलाई समस्या हुने गरेको छ । देउखुरीको पूर्वपश्चिम राजमार्गका बिभिन्न स्थानमा बन्दकर्ताहरु सडकमा बसेको प्रहरीले जानकारी दिएको छ ।

यसैविच पूर्व पश्चिम राजमार्गको दाङ खण्डमा रोकिएका २ सय बढि सवारीका साधनलाई प्रहरीले सुरक्षा दिएर गन्तब्य तर्फ पठाएको छ । आईतबार बिहान ७ बजेदेखि साँझा ७ बजे बजेसम्म ३ पटक गरी ३ सय बढी सवारीका साधनलाई स्कर्टिङ गरी गन्तब्यमा पठाइएको ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रमुख प्रहरी निरिक्षक मिनबहादुर कुवरक्षेत्रीले जानकारी दिनु भएको छ । थरुहटको आन्दोलन भन्दा पनि पेट्रोलियम पदार्थको अभावका कारण गाडीहरु कम चलेको उहाँको भनाई छ । हिजो पनि प्रहरीले राजमार्गमा रोकिएर रहेका २ सय ५० बढी गाडी स्कर्टिङ गरी गन्तब्यमा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा