२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीमा अझै यातायात ठप्प, ठाउँ—ठाउँमा गाडी रोकिए

१७ आश्विन २०७२, आईतवार १०:०७

सन्तोषकुमार गुप्ता, असोज १७, भालुवाङ्ग । थरुहट स्वायत्त प्रदेशको माग गर्दै आएको थारुहरुको जातिय संगठनले जारी राखेको बन्दले आईतबार पुन देउखुरी क्षेत्रमा यातायात सेवा ठप्प छ । साउन २७ गते देखी थरुहट(थारुवान संयुक्त संघर्ष समितिले आह्वान गर्दै आएको बन्दका कारण देउखुरी क्षेत्रमा गाडि चल्न सकेका छैनन् ।

एक महिना सम्म सबै क्षेत्र बन्द गर्दै आएको बन्दकर्ताहरुले पछिल्लो केही दिन देखी राजमार्गमा गाडि सञ्चालनमा रोक लगाएको छ । नयाँ संबिधानमा आफुहरुको अधिकार स्थापित हुन नसकेको र राज्य पूर्नःसरचना गर्दा चितवन देखी कन्चनपुर सम्मको थारु बहुल क्षेत्रलाई थरुहट स्वायत्त प्रदेश बनाउनु पर्ने माग गर्दै संघर्ष समितिले बन्द आह्वान गर्दै आएको छ ।

बन्दका कारण देउखुरी क्षेत्रमा गाडिहरु चल्न सकेका छैनन् । फाट्ट फुट्टरुपमा चलेका सवारीका साधनलाई प्रहरीले सुरक्षा दिएर गन्तव्य तर्फ पठाउदै आएको छ । गाडी नचल्दा काम बिषेशले हिडेका यात्रुहरुलाई समस्या हुने गरेको छ । देउखुरीको पूर्वपश्चिम राजमार्गका बिभिन्न स्थानमा बन्दकर्ताहरु सडकमा बसेको प्रहरीले जानकारी दिएको छ ।

यसैविच पूर्व पश्चिम राजमार्गको दाङ खण्डमा रोकिएका २ सय बढि सवारीका साधनलाई प्रहरीले सुरक्षा दिएर गन्तब्य तर्फ पठाएको छ । आईतबार बिहान ७ बजेदेखि साँझा ७ बजे बजेसम्म ३ पटक गरी ३ सय बढी सवारीका साधनलाई स्कर्टिङ गरी गन्तब्यमा पठाइएको ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रमुख प्रहरी निरिक्षक मिनबहादुर कुवरक्षेत्रीले जानकारी दिनु भएको छ । थरुहटको आन्दोलन भन्दा पनि पेट्रोलियम पदार्थको अभावका कारण गाडीहरु कम चलेको उहाँको भनाई छ । हिजो पनि प्रहरीले राजमार्गमा रोकिएर रहेका २ सय ५० बढी गाडी स्कर्टिङ गरी गन्तब्यमा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ