१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

माघे संक्रान्तिमा ३६ हल गोरु जुधाईने

२९ पुष २०७४, शनिबार ०३:४७

पुस २९, रसुवा । माघे संक्रान्तिको अवसरमा ३६ हल गोरु जुधाईने भएको छ । 

रसुवा र नुवाकोट जिल्लाको सीमा क्षेत्र बेत्रावतीमा १० हल, नुवाकोटको तारुकामा १८ हल र पञ्चकन्यामा ८ हल गरी ३६ हल गोरु जुधाउन लागिएको हो । 

नेपाल र तिब्बतबिच १८४९ असोज १७ गते बेत्रावती सन्धि भएको खुशीयालीमा मेला सञ्चालन गर्न सुरु गरिए पनि २० वर्षयता नुवाकोटको विभिन्न स्थानमा व्यवस्थित रुपमा मेला सञ्चालन हुँदै आएको छ । 

२०५३ सालदेखि रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा, २०६२ सालदेखि तारुका र २०६९  सालदेखि नुवाकोटको पञ्चकन्यामा विभिन्न संस्था तथा क्लबले व्यवस्थित रुपमा गोरु जुधाई गरिँदै आएको छ । 

तीनवटै स्थानमा मेला व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । तार्केश्वर गाउँपालिका–२ तारुकामा १८ हल गोरु जुधाउनका लागि माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थामा दर्ता भएको संस्थाका अध्यक्ष समरबहादुर आलेमगरले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सवारी साधन पार्किङ, खाना तथा बासको व्यवस्थापन र दर्शक बस्ने ठाउँको निर्माण गरिसकिएको छ । मेलामा सहभागी हुने विजेता गोरु धनीलाई ५ हजार रुपैयाँ र उपविजेतालाई  ३ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । 

बेत्रावतीमा गोरु जुधाउनका लागि सम्पूर्ण तयारी सकिएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लवटले जानकारी दिनुभयो । यस्तै नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ पञ्चकन्यामा रहेको नवप्रतिभा युवा समूहले आयोजना गर्न लागेको गोरु जुधाईको लागि नाम दर्ता गर्ने अन्तिम दिन शुक्रबार बेलुकासम्ममा ८ हल गोरु दर्ता गराएको आयोजक समूहका अध्यक्ष शिवहरी विष्टले बताउनुभयो । 

गोरु जुधाई प्रतियोगितामा प्रथम हुने गोरुको धनीलाई १० हजार रुपैयाँ, दोश्रो हुनेलाई ७ हजार रुपैयाँ र तेश्रो हुनेलाई ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक समूहले जनाएको छ । 

गोरु जुधाई मेलालाई लक्षित गरी माघ १ गते दैनिक ८ घण्टा बन्द हुँदै आएको गल्छी–देवीघाट सडकखण्ड बन्द नहुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाले जनाएको छ । रासस


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल