2026-09-03 11:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

पत्रकार महासंघको अगुवाइमा अग्नी पिडीतलाइ राहत संलकन गरिँदै

टेकबहादुर शाही/पुस २९ डोल्पा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोल्पाको अगुवाइमा अग्नी पिडितहरुको लागि राहत संलन गरिने भएको छ । 

यहि २६ गते डोल्पा जिल्लाको मुड्केचुला गाँउपालिका वडा नं.९ होर्तमा भएको आगालागिबाट पिडितहरुका लागि राहत संकलन गर्न लागिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोल्पाले जानकारि दिएको छ । 

नागरिक समाज,बुद्धिजिवी,पत्रकार र जनप्रतिनिधिहरुको संयुक्त बैठक बसि एकीकृत रुपमा राहत सँलकन गरि पिडित घरपरिावारलाइ उपलब्ध गराउने बारे निर्णय भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोल्पाका अध्यक्ष बबिकिशोर गूरुङले जानकारि दिए । उनका अनुसार आइतबार दिउसो १ बजे संयूक्त रुपमा दुनै बजारमा राहात संलनमा टोली बनाएर जाने बताए । 

महासंघको अगुवाइको बैठकले बिभिन्न ४ वटा निर्णय गरेको छ । आगलागीबाट क्षेति ब्यहोरेका परिवार प्रति दुख प्रकट गर्दै तत्काल राहात सँकलन गरि पिडितलाइ राहात उपलब्ध गराउने,आगलागीबाट क्षेति भएका घर परिवारलाइ पुनःस्थापना गर्नका लागि स्थानीय,राष्ट्रीय तथा अन्तराष्ट्र निकाय तथा ब्यक्तिहरुमा पहल गर्ने राहात तथा पुनःस्थापनाको सहयता रकम सिटिजन बैङ्क इन्टरनेशल जिल्ला शाखा डोल्पाको चल्ती हिसाव नं.०४२००००००५२CC मा नगद तथा चेक जम्मा गर्ने र अग्नी पिडितका लागि अन्य कुनै समूह वा ब्यक्ति र सँघ संस्थाले संलन गरेको पाइएमा सबै सहायता रकम एकीकृत रुपमा नै पिडित समक्ष उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरेको नागरिक समाज डोल्पाका अगुवा सुरेन्द्र ढकालले जानकारि दिए । 

डोल्पा जिल्लामा ६ गाँउपालिका र २ नगरपालिका गरि ८ वटा स्थानीय तह रहेको छ । हरेक स्थानीय तहमा कुनै पनि समुदायमा यस्तो दैबिक प्रकोप आइ पर्ने भन्दै जिल्लाका सबै तह तथा बक्तिलाइ यस दैबिक बिपतमा परेका ब्यक्तिहरुका लागि सयोग गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोल्पाले आम नागरिकहरुलाइ अपलि गरेको छ । 

नेपाल रेडक्रस सोसाइटी लगायत अन्य सबै गैरसकारी निकाय तथा जिल्ला दैबिक उद्धार समितिलाइ पनि तत्काल राहात तथा पुनःस्थापनाको लागि पहल गरि कार्यान्वयनमा लागि दिन अनुरोध गरेको नेपाल पत्रकार महासंघ डोल्पकी कोषाध्यक्ष मन कुमारी हिराचनले बताइन । 

आगलागीबाट घरवार गुमाएका परिवाहरु राहात तथा पुनःस्थापनाको लागि सदरमुकाम दुनैमा आउने भएका छन । स्थानीय तहबाट तत्तकाल केही पहल नभए पछि जिल्लाबाट राहातको सुनुवाइ हुन्छ की भनेर जिल्लामा आउदै गरेको पिडितका आफन्तहरुले जानकारि दिएका छन । 

आगलागी भएको पाचौ दिन हुन लाग्दा समेत स्थानीय तहबाट राहतको कुनै ठोस निर्णय हुन सकेको भने छैन । कसरि अगाडि जाने भन्ने कुराको कुनै पहिचान नभएकोले तत्काल गाउपलिकाबाट ठोस निर्णय हुन नसकेको वडा अध्यक्ष जय प्रसुद बुढाले बताए । उनका अनुसार आफनो तर्फबाट ५ सय केजि चामलको ब्यबस्था गरेको र अब स्थानीय तहबाट खाद्यान्न ब्यवस्था गर्न लागेको बताए । 

मुड्केचुला गाउपालीका बडा नं ९ होर्तमा आगालागीबाट ९ घरका परिवार घरवार बिहिन भएका छन । आगलागिबाट करिव २ करोड ३१ लाख ४४ हजार बरावरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । आगलागीबाट मानवीय क्षेति भएको छैन । 

आगलागीबाट क्षेती ब्यहोरेका मुड्केचुला वडा नं ९ होर्तका नैन सिंह बुढा,दत्त बुढा,सान्ती बुढा,कर्णगीरी बुढा र पुर्ण बुढाको घर सहित ८ वटा घर पुर्ण रुपमा जलेर नष्ट भएका छन । त्यसै गरि सयौ बर्ष पूरानो मष्टा भगवतीको मन्दीर समेत जलेर भगनावशेषमा परिणत भएको वडा अध्यक्ष जय प्रसाद बुढाले जानकारि दिए ।  

सयौ बर्ष पूरानो मन्दीर र मन्दीरमा रहेका बहुमुल्य मूर्तिहरु समेत जलेर नष्ट भएका छन । उक्त मन्दीर र सयौ बर्ष पूराना मूर्तीका करिव १ करोड बरावरको क्षेति अनुमान गरिएको र अन्य सबैको १ करोड भन्दा मार्थिको क्षेती भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारि दिएको छ । 

सामाजिक सञ्जालमा डोल्पा जिल्लाका जनप्रतिनिधि देखी उच्च तहका ब्यक्तीले आगलागिको घटना प्रति दुख पोखे पनि हाल सम्म राहात तथा पुनःस्थापनाको लागि ठोस निर्णय भने लिएको पाइदैन । स्थानीयहरु भन्छन निर्वाचित सांसद देखि जनप्रतिनिधिले आसवासन मात्र दिएका छन तर कुनै पनि राहात पिडितको हातमा परेको छैन । 

तत्कालका लागि खान र बस्नको लागि केहि ब्यवस्था गरिए पनि अब उनिहरुलाइ पुनःस्थापना नै गर्नु पर्ने चुनौति भएकोले पुनःस्थापनामा मै लाग्नु पर्ने नागरिक समाज डोल्पाको तर्क रहेको छ । 

राजनितिक दलको तर्फबाट आफु हरदम लागि रहेको पुरै समय राहात तथा पुनःस्थापनामा लाग्ने नेकपा एमालेका जिल्ला कमिट सदस्य तथा प्रदेशसभा“ख ”का इन्चार्ज लंक बहादुर रोकायाले प्रतिबता जनाएका छन । उनी भन्छन जनप्रतिनिधिहरुले  प्रभावकारि भुमीका खेल्न सकेनन सबै मिलेर पिडितलाइ सहयोग गरौ दैबीक प्रकोप सबैलाइ पर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट