२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

क्षेमबहादुरको स्मृतिमा न्यानो कपडा वितरण

२०७४, ३० पुष आईतवार ०१:३१

पुस ३०, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश २ का प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको सहयोगमा आफ्ना स्वर्गीय पिता क्षेमबहादुर बानियाँको स्मृतिमा राक्सीराङ गाउँ पालिकाको ५ नम्बर वडाको ५ टोलमा शनिबार न्यानो कपडा (कम्बल) वितरण गरिएको छ ।

स्थानीय चेपाङ तथा तामाङ समुदायका जाडोबाट प्रभावित १ सय २० घर परिवारलाई वितरण गरिएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सचिव बुद्ध लामा, ४ नम्बर क्षेत्रीय सभापति लोक मोक्तान, शिक्षक संघका जिल्ला सचिव विदुर थापा, प्रेस युनियन मकवानपुरका सहसचिव एवं पार्टीको सूचना संयोजक सुजन विडारी, साविक सरिखेत गाविस सभापति विरेन्द्र जिम्बा, साविक राक्सीराङ गाविसका सचिव मानसिं घलान, स्थानीय नेता मिठु प्रजालगायतकाले न्यानो कपडा (कम्वल) वितरण गर्नुभएको थियो ।

जाडोमा कठ्याङग्रिएर रात विताउन बाध्य राक्सीराङ गाउँपालिका ५ स्थित बाङदिराङ, चौतारा, रानीवाङ, बंकिम र टोल्वाङ टोलका १ सय २० परिवारलाई कम्बल वितरण गरिएको थियो ।

प्रतिनिधि सभा २ का प्रदेश सभा २ सदस्य बानियाँले केहीदिनअघि मनहरी गाउँपालिकाको बाढीपीडित भई जंगलमा रात विताउन बाध्य ३ सय १५ घरपरिवारको चेपाङ तथा बनकरिया बस्तीमा कम्बल वितरण गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत