२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाभरिबाट उठाइएको न्यानो कपडाले दियो तराइको सितलहर र जाडो पिडितलाई खुसि (फोटो फिचर)

२०७४, ३० पुष आईतवार ०९:२३

पुस ३०, काठमाडौँ | तराईमा जाडो र शितलहरले जनजिवन अस्तव्यस्त भएपछी पर्साको पकाहाँ मैनापुर गाउँपालिकाको ४ र ५ नं वडामा न्यानो कपडा वितरण गरिएको छ । 


मैनापुर गाउँपालिकाको ५ नं वडामा रहेका ३३ मुस्लिम परिवार, १४ धोवी परिवार, ८ दुसाद परिवार, ५० चमार परिवार, ८ विन परिवार र केहि गिरी परिवारलाई न्यानो कपडा वितरण गरिएको हो । समृद्ध नेपाल संस्थामार्फत भएको यस कार्यक्रममा जब्स ग्लोबलको बिशेष सहयोग र साझा सबाल डट कमको मिडिया सपोर्ट रहेको थियो । 


विरगन्जबाट करिब ३० किमी टाढा रहेको यो गाउँपालिका भारतसंग सिमाना जोडीएको छ । समान्य फुसको बस्ती रहेको यस वडामा सिमासुरक्षा बल शसस्त्रले समेत न्यानो कपडा वितरणआ बिशेष भूमिका खेलेको थियो । इन्पेक्टर लाप्साङ तामाङले समृद्ध नेपालसंग सहजीकरण गरेर कपडा वितरण गर्न पहल गरेका थिए । सोहि गाउँपालिकाको वडा नं ५ कि कपडा लिन आएकि ६३ बर्षिया जमुना रावत बरैले जाडोले केटा-केटी र बुढापाकाहरुलाईं समस्या भएको र दिनभरी घाम नलाग्ने हुँदा जाडो हुने र  रातमा समेत परालको आगो तापेर बस्नु पर्ने बाध्यता रहेको बताइन ।  ५ नं वडा कै महन्त शाह तेलीले न्यानो  कपडा पाएपछी खुसि हुँदै जाडोमा अलिकति भएपनि राहत पाएको बताए । उनले अहिलेसम्म यहाँ कोहि नआएको र पहिलो पटक जाडोमा कपडा लिएर आएकोले खुशि भएको बताए । 



यहि वडाको शोभा देवि पटेलले पनि कपडा पाएपछि खुशि व्यक्त गर्दै भनिन् ‘बुढा पाका र छोरा छोरीले कपडा पाएर खुशि छौं ।’ यस्ता सोहि गाउँपालिकाको वडा नं ४ का बन्सी मुसहरले भने ‘टेक्ने जमिन छैन । छोराहरु मजदुरी गरेर ल्याएको पैसाले  खान्छौ । जाडोमा कपडा किन्ने कि  पेट भर्ने सधै समस्यामा पर्छौं ।’ वडा नम्बर ४ मा मात्र जाडोले ५ जनाको मृत्यु भईसकेको छ भने जाडोकै कारण केहिलाई अस्पताल पुर्याईएको छ । यहाँका अर्का स्थानीय सुरेश चमारले आफुसंग जमिन नहुँदा पेट भर्नुको समस्या  र लगाउनको समस्या रहने गरेको बताए । 


शशस्त्र प्रहरीबलका इन्पेक्टर तामाङले भने‘यो गाउँपालिकाका ४ र ५ नं वडामा दलितहरुको बस्ती बढी छ । जससंग न जमिन छ । न रोजगारीनै छ । यहाँका जनता शिक्षा र जनचेतनाबाट पनि बन्चित छन् । बिबिध कारण बर्षेनी यहाँ चिसोले धेरै मानिसहरु प्रभावित हुने गरेका छन् । समृद्ध नेपालले यो पटक उक्त ठाउँमा पहिलो चरणमा झन्डै १० हजार कपडा वितरण गरेको छ । संस्थाले काठमाडौँ, भक्तपुर र ललितपुरबाट कपडाहरु संकलन गरि पर्साका सितलहर पिडितहरुलाई सहयोग गरेको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा