२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा जेई खोप अभियान चलाइने

१३ बैशाख २०७३, सोमबार १९:४७

प्रकाश धौलाकोटी/ बैशाख १४, तेह्रथुम । जिल्लामा एक वर्षदेखि पन्ध्र वर्ष मुनिका बालबालिकालाई जापानिज ईन्सेफलाइटिस् (जेई) विरुद्धको खोप दिन अभियान सन्चालन हुने भएको छ । पछिल्लो समयमा जलवायु परिवर्तनका कारण मध्यपहाडी र पहाडी क्षेत्रमासमेत जापानी इन्सिफलाइटिसको प्रकोप देखिन थालेपछि सरकारले यो वर्षबाट यस रोग विरुद्धको खोप लगाउने अभियान सन्चालन गर्न थालकोे जिल्ला स्वास्थ्य कार्यालय तेह्रथुमले जनाएको छ ।

कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै खोप अधिकृत जगन्नाथ दंगालले सरकारी लक्ष्य अनुरुप तेह्रथुम जिल्लामा पनि जेई खोप अभियान सन्चालन हुन लागेको जानकारी दिनुभयो । दंगालका अनुसार तेह्रथुमका दुई नगरपालिका र २१ वटै गाविसमा खोप अभियान अन्तर्गत खोप केन्द्रहरुमा खोप दिइने छ ।

जसअनुसार कार्यालयले जिल्लाका म्याङलुङ र लालीगुराँस नगरपालिकासहित आङिदम, हमरजुङ, सुदाप, ओख्रे, फाक्चामारा र पन्चकन्या गाविसमा बैशाख २६ देखि ३० गतेसम्म र बाँकी रहेका मोराहाङ, श्रीजुङ, पौठाक, ओयाक्जुङ, जलजले, सिम्ले, ईसिुव, सम्दु, खाम्लालुङ, ईवा, ह्वाकु, छातेढुंगा, चुहानडाँडा र थोक्लुङ गाविसमा जेठ ९ देखि १३ गतेसम्म खोप अभियान सन्चालन हुने अधिकृत दंगालले जानकारी दिनुभयो ।

एक वर्षदेखि माथि र १५ वर्षमुनिको उमेर समुहका जो कोहीले लगायउनुपर्ने र यो खोप आफ्नो वडाको नजिकको खोप केन्द्रमा गएर लगाउत समेत उहाँले आग्रह गर्नुभएको छ । यो वर्ष पहिलो पटक जिल्लामा अभियानकै रुपमा सन्चालन गरिएको जेई खोप आगामी वर्षबाट नियमित खोपको रुपमा दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे