2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

सामुदायिक पदमार्गमा पर्यटक बढे

सन्तोष गौतम | पुस ३० म्याग्दी |  म्याग्दीमा सञ्चालित अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको भ्रमणमा आउने पर्यटकको संख्या वर्षेनी बढ्दै गएको छ । 

उत्तरी पर्वतको बाँसखर्क, लेकफाँट म्याग्दीको राम्चे, हिस्तान र घारका पर्यटकीयस्थललाई समेटिएको अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको भ्रमणमा आउने पर्यटकको संख्या बढेको हो । 

सन् २०१६ मा ८९४ जनाले भ्रमण गरेको यो पदमार्गमा सन् २०१७ मा भ्रमणमा आउने पर्यटकको संख्या एक हजारजना पुगेको पदमार्गका संयोजक चित्र तिलिजा पुनले जानकारी दिनुभयो । सन् २०१५ मा ४७५ र २०१६ मा ८९४ जना पर्यटक भ्रमणका लागि आएका थिए । 

छ वर्षअघि स्थानीयवासीको सक्रियतामा पदमार्ग सञ्चालनमा ल्याइएको थियो । गाउँको शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धनका साथै सामाजिक कामका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले पदमार्ग सञ्चालन गरिएको थियोे । 

स्वीजरल्याण्ड, स्पेन, फ्रान्स, कोस्टारीका, अमेरिका, डेनमार्क, नर्वे, ब्राजिल, जर्मन, क्यानडा, बेलायत, अस्टे«लिया, जापान, रसिया, हल्याण्ड, इङ्ल्याण्ड, भारत, इटली, इजरायल र स्कटल्याण्डका पर्यटक यो पदमार्ग भ्रमणमा आएका छन् । 

मनोरम ग्रामीण बस्ती, मगर संस्कृति, हिमशृङ्खलाको अवलोकन, एकान्त तथा शान्त स्थल भएकाले प्रकृति प्रेमी पर्यटकले यो पदमार्गलाई रुचाएका हुन् । म्याग्दीको घुमाउनेतालबाट पाँचदेखि सात दिनमा भ्रमण गर्न सकिने यस पदमार्गले पर्वतको बाँसखर्क, डाँडाकटेरी, म्याग्दीको नाँगी, मोहरेडाँडा, डाँडाखर्क, हिस्तानको टिकोट र घारको खिवाङ गाउँलाई समेटेको छ । 

पदमार्गअन्तर्गत बाँसखर्क, हिस्तानको टिकोट र खिवाङमा २० जना क्षमताको होमस्टे सञ्चालन भएको छ । बाँसखर्क, डाँडाकटेरी, टिकोट, खिवाङमा डाइनिङ हल तथा नागी र मोहरेडाँडामा सामुदायिक लज सञ्चालन भएको छ । 

सामुदायिक लजबाट भएको आम्दानी प्रभावित बस्तीको शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा खर्च हुने गरेको छ । यो पदमार्ग भ्रमणका लागि प्रतिदिन एकजनाका लागि दुई हजारदेखि रु दुई हजार ५०० खर्च आवश्यक पर्छ । 

पर्यटकको आगमन बढेपछि नांगी र मोहरेडाँडामा रहेको सामुदायिक लजको क्षमता बढाउने तयारी भए पनि आर्थिक स्रोतको अभाव भएको पदमार्ग सञ्चालक समितिका रमन पुनले बताउनुभयो । सो ठाउँमा हाल २० जना क्षमताको सामुदायिक लज सञ्चालनमा छ । अनुकुल याममा क्षमताभन्दा बढी पर्यटक आउन थालेपछि उनीहरुलाई व्यवस्थापन गर्न समस्या भएको छ । 

नर्जा खोलाको झरना ओझेलमा 

प्रशस्त पर्यटकीय सम्भावना बोकेको म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङमा रहेको नर्जा खोलाको झरना अझै ओझेलमा परेको छ । 

भौतिक पूर्वाधार र प्रचारप्रसारको कमीका कारण मनमोहक र आकर्षक सो झरना ओझेलमा परेको हो । गुरिल्ला पदमार्ग र ढोरपाटन शिकार आरक्षमा जाने बाटोमा पर्ने उक्त झरनाको व्यवस्थापन हुन सकेको छैन । 

लुलाङको प्रवेशद्वार मानिने पहाडको फेदीमा अवस्थित उक्त झरनाकोे फेदीमा तलाउसमेत छ । करिब १०० मिटर माथिबाट छङ्छङाउँदै झर्ने झरनाको दृष्यले मोहित बनाउने लुलाङ खोरियाका नन्दु पुनले बताउनुभयो । 

झरनाको सौन्दर्यको बारेमा प्रचारप्रसार र व्यवस्थापन हुन नसकेको उहाँको भनाइ छ । बर्खायाममा इन्द्रेणी लाग्दा झरना अझै आकर्षक देखिन्छ । मुना हुँदै लुलाङ जाने बाटोमा पर्ने उक्त झरना नजिकै झोलुङ्गे पुल पनि छ । 

लुलाङका वडाध्यक्ष गमबहादुर विश्वकर्माले नर्जा झरना लुलाङको गहना भएको बताउनुभयो । झरनामा पूर्वाधार विकास, व्यवस्थित र प्रचारप्रसार गरेर पर्यटक आकर्षित गर्ने योजना बनाइएको उहाँले जानकारी दिनुभयो । झरना नजिकै विश्रामस्थल र घेराबार गर्नुपर्ने भएको छ । (रासस)

। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई