१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पूर्वमन्त्री ह्दयराम थानीद्वारा सडक निरीक्षण

३० पुष २०७४, आईतवार १४:४९

पुस ३०, सुर्खेत । पूर्व सहकारी तथा गरिवी निवारण मन्त्री ह्दयराम थानीलेअन्तरजिल्ला जोड्ने सडकको निरीक्षण गरेका छन् । 

सदरमुकाम वीरेन्द्रनगरदेखी उत्तरी क्षेत्रको रातानाङ्ला, धरमपोखरा हुदैं छिन्चु–जाजरकोट सडकखण्डको बाँखर्क जोड्ने सडकको स्थलगत निरीक्षण गरेका हुन् ।

मतदातासंग भेटघाट गर्न आइतवार चिंगाड गाउँपालिकाको रानीबास, काफलकोट पुगेका थानीले आफ्नो पहलमा निर्माण भएको सो सडकको पछिल्लो अवस्थाबारे जानकारी लिए । 

उक्त सडकले उत्तरी क्षेत्रदेखि पूर्वी क्षेत्र जोड्न महत्वपूर्ण काम गरेकोमा खुशी प्रकट गरे ।पूर्वमन्त्री थानीले उत्तरी क्षेत्रको विकासका लागि कांग्रेसकै पहलमा विकासको रणनीतिक योजना निर्माण गरेको भन्दै अव यस क्षेत्रको विकास द्रुत गतिमा हुने दावी गरे ।

उनले निर्वाचन क्षेत्रलाई कसैको गणराज्य बनाउन नहुने पनि उल्लेख गरे । अहिलेको चुनावमा कांग्रेस पराजित भएपनि अव संगठन र विकासको काम संगसंगै अगाडि लगेर पार्टीलाई पहिलो बनाउने दावी पनि थानीले गरेका छन् ।

कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले चुनाव जित्नकै लागि कम्युनिष्टहरु मिलेको भन्दै कांग्रेस कार्यकर्ताहरुलाई निरास नभइ आफ्नो काममा खट्न सुझाव दिए ।

कांग्रेस क्षेत्रीय सभापति नारायण कोइरालाले पार्टी कार्यकर्ताहरुलाई सक्रिय बनाउनका लागि क्षेत्रीय समितिले प्रशिक्षण गर्ने बताए । रानीबास गाउँ सभापति प्रेमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष बुदे खत्रीलगायतले बोलेका थिए । त्यसलगत्तै मटेलामा पनि मतदातासंग पूर्वमन्त्री थानीले भेटघाट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार