१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुन्तला उत्पादनमा गिरावट : स्याङ्जा

१ माघ २०७४, सोमबार ०९:५४

माघ १  स्याङ्जा  | गतवर्षको तुलनामा स्याङ्जामा यसवर्ष ३४ प्रतिशतले सुन्तला उत्पादनमा कमी आएको छ । 

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडीका अनुसार यसवर्ष जिल्लामा १३ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । 

गतवर्ष एक हजार ८४२ हेक्टर क्षेत्रफलमा २० हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यसवर्ष सोही क्षेत्रफलमा १३ हजार मेट्रिक टनमात्रै सुन्तला उत्पादन भएको छ । 

मीठो र स्वादिलो सुन्तलाका लागि चिनिने स्याङ्जामा सुन्तलाकाकै क्षेत्रमा प्रधानमन्त्री आधुनिक कृषि परियोजनाअन्तर्गत सुन्तला जोनका रुपमा काम अगाडि बढाइएको छ । गतवर्ष रु ३३ करोड बराबरको सुन्तलाको कारोबार भएको जिल्लामा यसवर्ष रु २२ करोडको कारोबार भएको कार्यालयले जनाएको छ । 

यसवर्ष सुन्तला फूल खेल्ने बेलामा असिना पानी, हावाहुरीलगायत कारणले उत्पादनमा कमी आएको हो । कात्तिकदेखि शुरु भएको सुन्तला बिक्री अहिलेसम्म पनि जारी छ । शुरुवातमा प्रतिकिलो रु ३५ मा बिक्री शुरु भएको सुन्तलाको मूल्य अहिले करिब रु १०० को हाराहारीमा पुगेको छ । (रासस)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार