२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सर्वहित सहकारीको साधारणसभा सम्पन्न

३० आश्विन २०७२, शनिबार १३:२५

sarwahit sahakari

सन्तोषकुमार गुप्ता । असोज ३०, भालुवाङ्ग । सर्वहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड लालमटिया ६ मौरीघाटको तेस्रो वार्षिक साधारण सभा शनिवार मौरीघाटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दयाराम चौधरीको अध्यक्षता एवम् राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथ्यता तथा नेपाल बचत तथा ऋण केन्द्रिय महासंघ नेपालकी लेखा समिति सदस्य हुमा डिसीको विशिष्ट आतिथ्यतामा भएको सभामा सम्पन्न भएको हो ।

सभामा संस्थाका सचिव जागेन्द्र चौधरीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष राजेन्द्र थारु चौधरीले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक शिउकुमार चौधरीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सञ्चारको क्षेत्रमा रही महत्वपुर्ण योगदान पु¥याएको भन्दै सञ्चारकर्मी ओमप्रकाश गुप्ता सहित ७ जना व्यक्तित्वहरु सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा असल सञ्चालक संस्थाका अध्यक्ष दयाराम चौधरी, जेष्ठ नागरिक विन्दु चौधरी, असल कर्मचारी प्रभा चौधरी, असल बचत कर्ता कृष्णगोपाल चौधरी, असल ऋणी सुसिल चौधरी र असल बाल बचतकर्ताहरु सुदिप चौधरी, सुदन चौधरीलाई प्रमुख अतिथिले सम्मान पत्र सहित दोसल्ला ओढाइ सम्मान गर्नु भएको थियो भने कार्यक्रममा ४ ओटा बाल समुहहरु लाई ३/३ थान गुन्द्रो र १/१ पिस क्याल्कुलेटर समेत प्रदान गरिएको थियो ।

संस्थाकी उपाध्यक्ष उमा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको सभामा जिल्ला सहकारी संघका कोषाध्यक्ष तथा महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किरण भण्डारी, प्रभात बचत तथा ऋण सहकारी संस्था सिसहनियाँका अध्यक्ष सनिराम चौधरी, नव प्रतिभा कृषक सहकारी संस्था बगरापुरका सचिव हरिचन्द्र चौधरी, समाज सुधार कृषि समुहका सचिव प्रेमबहार केसी, साना व्यापारी समुह मौरीघाटका अध्यक्ष बेगमबहादुर बस्नेत, नयाँ समाज कृषि सहकारी संस्थाका अध्यक्ष हनुमान चौधरी, सञ्चा।कर्मीहरु सन्तोषकुमार गुप्ता, कमल गिरी र ओमप्रकाश गुप्ता लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव जागेन्द्र चौधरीले गरेका थिए ।

sarwahit sahakari 2

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह