पढ्न करिब 1 मिनेट लाग्छ

माघ २, मकवानपुर । हेटौडा उपमहानगरपालिकाले अबका दिनदेखि कुनैपनि क्षेत्रमा ब्यापार मेला गर्न नदिने निणय गरेको छ ।

हेटौडाको टिसियन चौरमा ब्यापार मेला गरिदै आएको भएपनि अबका दिनहरुमा ती मेलाहरु ग्र्न नदिने निणय गरेको हो ।

यही माघको अन्त्यमा मेला गर्नका लागि दुईवटा संस्थाले स्वीकृति लिएपनि ती दुईवटा संस्थाको स्वीकृति रद्ध गर्दै मेल गर्न नदिने निणय गरेको हो ।

उपमहानगरपालिकाको आजको निर्णयबाट नै नेपाल हेल्थ फाउन्डेशन र नेपाल राष्ट्रिय बाणिज्यसंघ मकवापनपुरको नाममा दिइएको स्वीकृति खारेज गर्दै मेला गर्न नदिने निणय गरेको छ ।