१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नगरपालिकाभित्र ५० प्रतिशत बढी सम्झौता र डिजाईन स्टिमेट सकियो

३ माघ २०७४, बुधबार ०६:१४

चिसाङ शेर्पा्\माघ ३ खोटाङ | रुपाकोट मझुवागढी नगरपालिकाभित्र ५० प्रतिशत बढी योजनाहरुको सम्झौता डिजाईन स्टिमेट सकिएको छ । ३० प्रतिशतभन्दा बढी बिकासे योजनाहरुको काम शुरुवात भएसँगै नगरपालिकाको कार्यगत शैली सामान्य देखिएको छ । केन्द्रिय तथ्याङक अनुसार पुंजीगत बजेटको ५ देखी ६ प्रतिशत मात्रै कार्यक्रम कार्यन्वयन हुंदा नगरपालिकाले कार्यन्वयनकै तहमा तीस प्रतिशत कार्यशैली पु¥र्याउन सकिए पनि धेरै राम्रो उपलब्धि नभएकोे रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।

नगरपालिकाले प्रत्येक महिनाको २ गते गर्दै आएको सुशासनका लागि ‘मिट द प्रेस’ कार्यक्रममा बोल्दै नगरप्रमुख रिजालले भने,“६ महिना समय अवधिमा ७० प्रतिशत काम गर्नुपर्ने हुन्छ यद्यपी, सम्झौता र डिजाईन स्टीमेटको काम सँगसंगै दु्रतगतीमा भईरहेकाले नगपालिकाले टार्गेट गरेका कामहरु आर्थिकवर्षभित्र समापन गर्ने लक्ष्य छ ।’

पत्रकारहरुसँगको भेटघाटमा दिएको जानकारी अनुसार नगरपालिकाले माघ महिनामा दिक्तेल–खानीडाडाँ ल्याण्डफिल्ड सडक, दिक्तेल–दुम्लीदोबेला सडकलाई मर्मत गरी सञ्चालनमा ल्याईएको जनाएको छ । बुईपा नेवारगुठी मञ्चको काम सम्पन्न भई उद्घाट गर्ने क्रममा रहेकोे र पुर्णरुपमा जिपहरु हाँटडाडाँमा पार्किङ शुरु भएको जनाईएको छ । 

यस्तै, निर्माण चरणका विभिन्न कार्यक्रमहरुमा दिक्तेल हाँटडाडाँमा थुप्रिएको फोहोरमैला बुधबार नगरको जेसिभीले उठाउने, अल्छेढुंगामा मर्मत सडक सम्पन्नसँगै बस तथा ट्रकलाई ७ गतेबाट बसपार्कमा लैजाने, सार्वजनिक स्थलमा धुम्रपान निषेध भएको र नगरपालिकाभित्रका १५ वडालाई स्वास्थ्य बीमायुक्त वडा घोषणाको तयारी भईरहेको जनाएको छ । 

नगरपालिकाभित्र ५० हजार पहिलो किस्ता लिएका भुकम्पीय लाभग्राहीका लागि भुकम्प पुननिर्माण प्राधिकरणबाट ९ जना प्राविधिक खटेर आउनुपर्नेमा हालका लागि १ जना ईन्जिनियर ३ जना सव ईन्जिनियर आएका र पाँचजना ईन्जिनियर आउन बाँकी भएपनि साविकको पुरानो नगरपालिकालाई दोश्रो किस्ता दिने तयारी भईरहेको छ । 

साविकको नगरपालिकामा पहिल्यै डकर्मीको तालिम सकिएको र नगपालिकाको बिजयखर्क, नेर्पा, दोर्पा ७, दोर्पा ८, निर्मलीडाडाँमा बुधबार डकर्मी तालिम समापन हुनछ । आगामी ५ गतेबाट जालपामा खार्मी, पाथेका, जालपा, नुनथला र बुईपाको तालिम सकिएपछि १५ वडामै भुकम्प लाभग्राहीका लागि घर बनाउन शुरु गरिने मेयर रिजालले बताए । 

यसैगरी, नगरशिक्षा नियमावली लागु गरिएको, फागुनको पहिलो हप्ता बृहत शैक्षिक सेमिनार गरिने, नमुना कृषि उद्यमी कार्यक्रम कार्यन्वयन कार्यविधी, नगर रेन्बोट्राउट कार्यक्रम कार्यन्वयन कार्यविधी, प्रधानमन्त्री कृषिका लागि ब्लग र पकेट कार्यक्रमको आवेदन संकलन र नगरभित्र ५० प्रतिशत अनुदानमा ३ सयवटा प्लाष्टिक टर्नेल वितरण गरिने र हाटडाडाँमा आधुनिक बधशाला निर्माण गरिएको ‘मिट द प्रेस’मा जानकारी गराईएको थियो । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार